Warning: Trying to access array offset on value of type bool in /home/simapost/public_html/wp-content/themes/simapost/functions.php on line 190

जनकपुरधाम : कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि विगत सवा दुई महिनाको लकडाउन पछि जनकपुरमा दुई घण्टा पसल खोल्ने सहमति भएको छ । जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुर उद्योग वाणिज्य संघ तथा चेम्बर्स आफ कमर्स बीच १० बजे देखि १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ ।

शुक्रबार बिहान जनकपुरधामका व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका अधिकारीहरुबीच भएको छलफलले १० देखि मध्यान्ह १२ बजे सम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘खाद्यान्न, तरकारी, फलफूल, दूध सहित अत्यावश्यक सामानको पसल खुला नै थियो, अन्य पसल पनि लुकेर सञ्चालन भइरहेको थियो’ निरौलाले भने, ‘प्रहरी आएपछि बन्द गर्ने र गएपछि पुनः सटर खोलेर पसल सञ्चालन ल्याउने अवस्थामा दुई घण्टा सम्म पसल खोल्न मौखिक सहमति भएको हो ।’

प्रमुख जिल्ला अधिकारी निरौलाले ग्राहकहरु बीच दूरी कायम गर्ने र सेनिटाइजर, मास्क लगायत सुरक्षाका सामग्री प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने सहमति भएको जनकपुर चेम्बर्स आँफ कमर्सका उपाध्यक्ष सरोज मिश्रले बताए । उनले भने, ‘दुई महिना देखि पसल खुलेको छैन, सटर भाडा चर्को महँगो छ, पसल बन्द राखेर भाडा तिर्न सकिन्न, त्यसैले थोरै राहतका लागि भएपनि बजार खोल्न प्रशासनलाई आव्हान गर्‍यो र वहाँहरु सकारात्मक हुनुभयो ।’

सैलून, ब्यूटी पार्लर, सिनेमाहल, होटल र रेष्टुरेन्टहरुको हकमा हाललाई कुनै निणर्य नभएको र यथाशीघ्र अन्य क्लस्टर तर्फ पनि बिचार गरिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले जानकारी दिए । उनले भने, ‘निर्धारित समय भन्दा अघि वा पछि जबर्जस्ती पसल खोले कानून बमोजिम कारवाही गरिनेछ ।’

यता कोरोना संक्रमणको महामारीबाट बच्न गरिएको लकडाउन १० देखि १२ बजे सम्म पसलहरु सञ्चालनको समाजिक सञ्जालमा व्यापक बिरोध भईरहेको छ । समाजिक सञ्जालमा अन्य समयमा कोरोना संक्रमण हुने तर १० देखि १२ बजेको समयमा कोरोना संक्रमण नहुने प्रशासनको वितर्कपूणर् निणर्य भएकोमा बिरोध भईरहेको छ ।

सम्वन्धित समाचार :