सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिका निवासी मो. अफरोज विगत दुई वर्षदेखि कतारमा जेल जीवन बिताइरहेका छन्। त्यहाँको अदालतले उनलाई ८,००० रियाल जरिवाना तिर्न आदेश दिएको भए पनि आर्थिक अभावका कारण उनको परिवारले उक्त रकम तिर्न नसकेको जनाइएको छ।
अफरोजकी आमा समिदा खातुन औरही चोकमा सानो कुखुरा मासु पसल सञ्चालन गर्दै परिवार गुजारा गर्दै आएकी छन्। उनका बुबा मो. मस्तकिम लामो समयदेखि बिरामी भएर ओछ्यानमै रहेका छन्। आर्थिक अभावकै कारण उनको उपचारसमेत हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।
परिवारको यस्तो कठिन अवस्थामा छोरा जेलमा परेको पीडाले आमाबुबालाई झनै मानसिक र भावनात्मक रूपमा आघात पुर्याइरहेको छ।
यसैबीच, अफरोजको उद्धारका लागि ‘मो. अफरोज उद्धार अभियान’ सञ्चालन गरिएको छ। उक्त अभियानका संयोजकहरूले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सानो सानो सहयोग गरेर अफरोजलाई जेलमुक्त गराई नेपाल फर्काउने अपिल गरेका छन्।
“बुंद बुंदले तलाउ भरिन्छ, थोरै थोरै सहयोगले ठूलो काम सम्भव हुन्छ,” अभियानका अभियन्ताहरूले बताएका छन्।
सहयोगका लागि अफरोजकी आमाको बैंक खाता विवरण सार्वजनिक गरिएको छः
Samida Khatun NMB Bank (Aurahi Branch, Siraha) A/C Number: 1120073046600019
थप जानकारीका लागि सम्पर्क गर्न WhatsApp: +977 9852834834
अभियानका संयोजकहरूले सबै नेपालीहरूलाई मानवीय आधारमा सहयोगको हात अघि बढाउन पुनः अपिल गरेका छन्।


