सिरहा, लहान। लहानको खुट्टी खोलामा मनाइने छठ पर्वका लागि घाट सजावट र तयारीमा लाग्ने सम्पूर्ण खर्च जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडाले व्यक्तिगत रूपमा व्यहोरेका छन्।
सारडाका अनुसार, छठ घाटको सजावट, बोल बत्ती र अन्य तयारीका काममा करिब दुई लाख रुपैयाँ खर्च गरिएको हो। उनका अनुसार यो कार्य धार्मिक आस्था र सामाजिक सहयोगका लागि गरिएको हो।
उक्त सहयोगप्रति स्थानीयहरूले खुशी प्रकट गरेका छन्। स्थानीय विजय महतोले भने, “यो कार्य साँच्चै सराहनीय छ, यस्तो सामाजिक योगदानका लागि विकास सरडालाई हृदयदेखि धन्यवाद।”
त्यस्तै स्थानीय ब्रतालु विभा साहले पनि खुसी व्यक्त गर्दै भनिन्, “छठ पर्वको समयमा यस्तो सहयोगले श्रद्धालुहरूलाई सजिलो र सुन्दर वातावरण मिलेको छ। यस्तो कार्य खुलेर प्रशंसा गर्न लायक छ।”
छठ पर्वका अवसरमा खुट्टी खोलाको घाटलाई रंगीन बत्ती, फूल र तोरणले आकर्षक ढंगले सजाइएको छ, जहाँ दैनिक रूपमा भक्तजनहरूको भीड देखिन्छ।


