जिल्ला प्रहरी परिसर, काठमाडौंले स्रोत नखुलेको १ करोड १० लाख ७० हजार रुपैयाँ नगद र ठूलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातुका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक चिनियाँ नागरिक रहेका छन्।

प्रहरीले शनिबार राति ११:३० बजे काठमाडौंको नागार्जुन नगरपालिका-२, सानोभर्‍याङस्थित एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-२ घर भई हाल नागार्जुन-२ मा बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनको बेइजिङ घर भई हाल सोही स्थानमा बस्दै आएका ३८ वर्षीय चिनियाँ नागरिक जियाओ यानहुई रहेका छन्।

प्रहरीले घटनास्थलबाट १ करोड १० लाख ७० हजार रुपैयाँ नगद, सुनजस्तै देखिने झुम्का, बाला, औँठी, शिरबन्दी लगायतका गरगहना, ६ थान मोबाइल, एक थान एप्पल म्याकबुक प्रो, बीवाइडी कार, रोजिनाको नागरिकता, जियाओको राहदानी र विभिन्न बैंकका ४ थान चेकबुक बरामद गरेको छ।

सम्वन्धित समाचार :