विद्यार्थीहरूलाई लघुवित्त संस्थाद्वारा पोशाक र शैक्षिक सामग्री वितरण

सिरहा, भगवानपुर ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भगवानपुर, सिरहाद्वारा आयोजित एक विशेष कार्यक्रममा जनता आधारभूत विद्यालय, बरियारपट्टी गाउँपालिका–५, गोविन्दपुरका विद्यार्थीहरूलाई पोशाक, सिलाई सामग्री, स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रममा करिब १६० जना विद्यार्थीहरू सहभागी भएका थिए। उक्त कार्यक्रममा बैंकर संघका अध्यक्ष रामबहादुर यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहे भने कार्यक्रमको अध्यक्षता बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले यस्तो सहयोगले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, समुदाय र वित्तीय संस्थाबीचको सहकार्यले शिक्षामा सकारात्मक परिवर्तन ल्याउनेमा जोड दिइयो।

विद्यालय परिवारले लघुवित्त संस्था तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम निरन्तर रहोस् भन्ने कामना गरेेको छ ।

सम्वन्धित समाचार :