Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँ : कानूनमन्त्री

न्युजडेस्क न्युजडेस्क
२३ जेष्ठ २०७७, शुक्रबार
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताउनुभएको छ । उहाँले कर्णालीमा बनेका सार्वजनिक संरचना कमी हुनु तथा भएका संरचना पनि गुणस्तरीय नहुनाले पनि क्वारेन्टिन व्यवस्थित नभएको प्रष्टीकरण दिनुभयो ।

बिहीबार कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको नवौँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री भण्डारीले क्वारेन्टिन सुधारगृह हो भन्ने बुझाइलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारलाई रु १३ करोड २० लाख पठाइएको जनाउँदै यसमा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको र थप रकम पठाउने गृहकार्य भइरहेको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले कर्णालीमा हाल ३२ हजार ८७० क्वारेन्टिनको सङ्ख्या रहेको जनाउँदै क्वारेन्टिन कतै खाली भएको र कतै भारतबाट आउनेको चाप बढी भएर व्यवस्थापन गर्न गाह्रो बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “केही दिन अगाडि ‘ग्रीनजोन स्थापित कर्णाली अहिले रेडजोन’ मा परिणत भएको छ । रोजगारीका निम्ति भारत गएका नागरिक पछिल्ला दिनमा कर्णाली भित्रिएपछि कोरोना सङ्क्रमण पनि प्रवेश गरेको छ ।” यो सङ्क्रमण फैलिन नदिन प्रदेश सरकारले क्वारेन्टिनको सङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाको पूर्वाधार विकास आइसोलेसन श्यया थप गर्ने, सङ्घीय सरकारसँग मेडिकल सामग्री माग गर्ने र आफैँले पनि खरिद गरी परीक्षणको दायरा बढाउने गरी सरकार अघि बढिरहेको उहाँले बताउनुभयो ।

यति हुँदाहुँदै पनि कर्णालीमा कमजोर स्वास्थ्य संरचना, कम जनशक्ति र न्यून स्वास्थ्य चेतना भएको प्रदेशका कारण कोरोनाविरुद्धको लडाइँ निकै सकसपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले यो विषम परिस्थितिमा एक अर्कामा आरोप–प्रत्यारोप नगरी सामूहिकरूपमा जुध्नु इतिहासको अपरिहार्य आवश्यकता औँल्याउँदै चौरजहारी घटनाका दोषीलाई पूर्णरूपले कारवाहीको दायरामा ल्याउन नेपाल सरकारको छानबिन समितिसँग प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको बताउनुभयो । उहाँले घटना पीडित परिवारलाई राहतका दिन प्रदेश सरकार प्रतिबद्ध रहेको यद्यपि उक्त घटनालाई साम्प्रदायिक नबनाउनसमेत आग्रह गर्नुभयो ।

यता नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रयोग गर्ने पौने दुई करोडको गाडी मापदण्डविपरीत खरिद गर्न लागिएको मिडियामा आएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले यसबारे सरकारले तत्काल जवाफ दिन आग्रह गर्दै घटनाले सभामुखलाई कुर्सीमा बस्न नैतिकताले नमिल्ने बताउनुभयो ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२३ जेष्ठ २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२३ जेष्ठ २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२३ जेष्ठ २०७७, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२३ जेष्ठ २०७७, शुक्रबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२३ जेष्ठ २०७७, शुक्रबार
कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान
BannerNews

कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान

२३ जेष्ठ २०७७, शुक्रबार
Next Post

थप एकको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी