काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।
अपडेट : प्राविधिक कारणले अन्तिम समयमा प्रधानमन्त्रीको मात्रै शपथ भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


