सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ । केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्यो ।
कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।


