काठमाडौं : शहीद स्मारक ए डिभिजन क्लब थ्रीस्टारले रंगभेदविरुद्ध आवाज उठाएको छ ।क्लबको अफिसियल फेसबुक पेजमार्फत् रंगभेदविरुद्ध बोलेको थ्रीस्टारले आफ्ना कप्तान विक्रम लामा र अफ्रिकन खेलाडी गोलकिपर गियोम एनजङगा फोटा सेयर गरेको छ ।
‘हामी साथमा हुँदा बलियो छौं,’ थ्रीस्टारले पेजमा लेखेको छ ।अमेरिकामा गोरा जातिका प्रहरी अधिकारीले मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोयडलाई हत्कडी लगायर घाँटी थिची हत्या गरेको विरोधमा अहिले अमेरिकामा आन्दोलन चलिरहेको छ ।
हप्ता दिनभन्दा लामो समयदेखि चलिरहेको आन्दालनमा विभिन्न माध्यमबाट विश्व समुदायले पनि समर्थन जनाउँदै आएको छ ।खेलाडी, क्लब र विभिन्न निकायहरुले फ्लोयड हत्याको घटनाको निन्दा गर्दै रंगभेद जस्ता कुनै पनि किसिमका भेदभावको अन्त्यको माग भइरहेको छ ।