बरियारपट्टी — सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बजारमा यस वर्ष हुने भव्य औरही ईन्द्र पूजा मेलाको तयारी तीव्र गतिमा भइरहेको छ। मेलालाई ऐतिहासिक र सांस्कृतिक रूपमा अझ भव्य बनाउनका लागि स्थानीय मेला समितिले मूर्तिहरू तयार पार्ने कामलाई अंतिम चरणमा पुर्‍याएको छ।

मेला समितिका पदाधिकारीहरूका अनुसार यस वर्ष मेलामा विशेष सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिनेछ। ईन्द्र पूजा मेलाको अवसरमा आकर्षक मूर्ति स्थापना, पूजा–पाठ, झाँकी, झुला, मिठाइ तथा विभिन्न व्यापारिक पसलहरूको समेत रौनक रहने अपेक्षा गरिएको छ।

मेला समिति संयोजकले भन्नुभयो, “बरियारपट्टी बजारमा लाग्ने यो ईन्द्र पूजा मेला हाम्रो संस्कृति, आस्था र परम्पराको प्रतीक हो। यसलाई भव्य बनाउन स्थानीय वासिन्दादेखि व्यापारी र युवाहरूले ठूलो उत्साहका साथ सहयोग गरिरहेका छन्।”

यस अवसरमा अबिनास झा( कलकतियावाली)कलाकारको सम्पुर्ण टिम,  मैथिली नाच  ,बेलुका डान्स कार्यक्रम , गीत,  लगायतका सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षण बढाउनेछ। साथै मेलामा आउने भक्तजनका लागि सुरक्षाको व्यवस्था मिलाइएको र यातायात व्यवस्थापनका लागि पनि प्रहरी तथा स्वयंसेवक परिचालन गरिने जानकारी समितिले दिएको छ।

स्थानीय बासिन्दाहरूले ईन्द्र पूजा मेलालाई वर्षभरि प्रतीक्षित पर्वका रूपमा लिने गरेका छन्। विशेषगरी परिवारसहित आउने भक्तजनका कारण बजारमा आर्थिक गतिविधि पनि बढ्ने गर्दछ।मेलामा ७ लाख खर्चहुनसक्ने हनुमान बजार समिति अध्यक्ष अम्बे यादव भनाइ छ ।

सम्वन्धित समाचार :