Warning: Trying to access array offset on value of type bool in /home/simapost/public_html/wp-content/themes/simapost/functions.php on line 190

जनकपुरधाम : भारतीय सिमावर्ती जिल्लासंग सिमानाका जोडिएको प्रदेश २ कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६१ पुगेको छ । प्रदेशका ८ वटै जिल्ला कोभिड १९ को चपेटमा छन् । संक्रमण बढ्दै गएपनि परीक्षणको दायरा घट्दो छ ।

संक्रमितको संख्या पछिल्लो पाँच दिनमा सदरदर सयको हाराहारीमा बढ्दै गएपछि परीक्षणको दायरा केही बढाइए पनि त्यो पर्याप्त नरहेको स्वास्थ्यकर्मी नै बताउँछन् । प्रदेशका आठ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी ३८४ जना संक्रमित छन् ।

भारतबाट खुला सीमानाका भएकै कारण कोरोनाको जोखिम उच्च भएपनि परीक्षण अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ । पछिल्लो २४ घण्टामा रौतहट ६५, बारा १२, सप्तरी १२, धनुषा ६, महोतरी ३, सर्लाही ३ र पर्सा जिल्लामा १ जना गरी कूल १०२ जना संक्रमित फेला परेको छ ।
प्रदेश २ जिल्लाहरुमा सबैभन्दा बढी रौतहटमा ३८४, सर्लाही १४९, पर्सा ११४, धनुषा ८८, सप्तरी ६९, बारा ६७, बारा ४७ र सिरहामा ४३ जना संक्रमित भेटिएका छन् । यसैगरी महोत्तरी १, धनुषाका ४, सर्लाही १, रौतहट ३, बारा २ र पर्साका ९३ जना गरि कुल १ सय ५ जना संक्रमितहरु उपचार पश्चात निको भएर आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

सम्वन्धित समाचार :