• प्रक्षेपण गरिएबमोजिम खडेरीले २० प्रतिशत उत्पादन घट्यो भने यो वर्ष ११ लाख ९१ हजार ९५ टन कम धान फल्छ । यो भनेका मुलुकका लागि अपुग धान झन्डै २४ लाख टन हुन्छ ।
  • मधेशमा खडेरीका कारण धान उत्पादन २० प्रतिशत घट्ने प्रक्षेपण गरिएको छ।
  • सिँचाइ अभावले गर्दा रोपाइँमा कमी आएको र उत्पादनमा असर परेको मन्त्रालयले जनाएको छ।
  • यस वर्ष ११ लाख ९१ हजार ९५ टन धानको कमी हुने अनुमान गरिएको छ
  • काठमाडौँ — खडेरीका कारण यो वर्ष धान उत्पादन २० प्रतिशत घट्ने प्रक्षेपण सरकारले गरेको छ । सिँचाइ अभावमा कम रोपाइँ हुँदा र रोपिएको खेत पनि सुक्दै गएकाले घट्ने देखिएको कृषि मन्त्रालयले जनाएको छ ।

  • बढी धान फल्ने मधेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त र संघ सरकारले विपद् संकटग्रस्त क्षेत्र नै घोषणा गरिसकेका छन् । कोशीका झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशमा पनि कम रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । ‘यस पटक मधेशमा थोरै मात्र रोपाइँ भएको छ । भएको ठाउँमा पनि खडेरीले सुकेको छ । अन्य प्रदेशको अवस्था पनि उस्तै छ,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘अंकमा भन्न नसकिए पनि धान उत्पादन गत वर्ष जस्तो हुँदैन ।’

    गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको थियो । यस्तै, १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल (कनिकासहित) आयात भएको भन्सार विभागको तथ्यांक छ । ‘आयात बढ्दा आम्दानीको विकल्प नभएकालाई जीविकोपार्जनमा समस्या हुन्छ,’ रेग्मी भन्छन्, ‘यसले समग्र अर्थतन्त्रमा असर गर्छ ।’

    मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०/८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी हो । करिब दुई लाख टन उत्पादन बढे पनि मुलुकका लागि १२ लाख टन धान अपुग रहेको कृषि मन्त्रालयले जनाएको छ । प्रक्षेपण गरिएबमोजिम खडेरीले २० प्रतिशत उत्पादन घट्यो भने यो वर्ष ११ लाख ९१ हजार ९५ टन कम धान फल्छ । यो भनेका मुलुकका लागि अपुग धान झन्डै २४ लाख टन हुन्छ ।

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार ११ साउनसम्म मुलुकभर ७८.८४ प्रतिशत धान रोपाइँ भएको छ । बर्खे धान १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १० लाख ८७ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको केन्द्रले जनाएको छ । हाल भएको रोपाइँ गत वर्षको तुलनामा धेरै कम हो । गत वर्ष १३ साउनसम्म ९२.६ प्रतिशत रोपाइँ भएको थियो । यसपालि विभिन्न क्षेत्रमा देखिएको खडेरीले रोपाइँमा प्रत्यक्ष असर परेको हो ।कान्तिपुर

सम्वन्धित समाचार :