Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

न्युजडेस्क न्युजडेस्क
२२ जेष्ठ २०७७, बिहीबार
11
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

✍ रमेश गिरी

काठमाडौं : विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ ।

जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टिनको निर्माण नगरी होटलमा राख्ने गरी व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

यसबारेमा होटल व्यवसायीसँग छलफल गरिसकेको र विदेशबाट आउने व्यक्ति आफैँले होटलमा बसेको खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । नगर प्रमुख प्रजापतिले भन्नुभयो, “क्वारेन्टिनमा राख्दा कोरोनाको जोखिम हुन सक्छ, होटलमा भए शौचालयदेखि बस्ने कोठासमेत फरक हुन्छ, यसले नागरिक आफैँलाई पनि सुरक्षित बनाउँछ, त्यसैले उनीहरुलाई होटलमा राख्ने गरी व्यवस्था गरेका छौँ, त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।”

यता मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकका लागि क्वारेन्टिन, भेन्टिलेटरसहितको आइसोलेशन अस्पतालको व्यवस्था गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्ना नागरिकलाई मात्रै सुविधा र संरक्षण दिने गरी व्यवस्थापन गरेको उल्लेख गर्दै नगरपालिकाभित्र अन्य जिल्लाबाट आएर भाडामा बस्नेका लागि भने कुनै व्यवस्था नगरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “विदेशबाट आउने मध्यपुरका स्थायी बासिन्दाका लागि होटलमा क्वारेन्टिनको व्यवस्था गरेका छौँ, उनीहरुको स्वाब सङ्कलन परीक्षणदेखि आवश्यकता परे स्वास्थ्य उपचार, आइसियु र भेन्टिलेटरसहितको आइसोलेशनको समेत व्यवस्था गरेका छौँ ।”

त्यस्तै चाँगुनारायण नगरपालिकाले पनि नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि वडा वडामा क्वारेन्टिनको व्यवस्था गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ । “आवश्यक पर्दा खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई नै प्रयोगमा ल्याउन सकिन्छ”, नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, “होटलमा बस्न चाहने आफ्ना नागरिकका लागि आफैँले खर्च गर्ने गरी व्यवस्थापन गरिएको छ ।” उहाँले विदेशबाट आएका अन्य जिल्लाका नागरिकलाई राख्न नसक्ने र व्यवस्था पनि नगरेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले भने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिका–१० बाँसघारीमा १०० जना क्षमताको क्वारेन्टिन निर्माण गरेको छ । भक्तपुरका व्यापारी रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि जस्ताको टहरामा बनाइएको क्वारेन्टिनको सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले अवलोकन गरेर जानकारी लिनुभएको छ । विदेशबाट फर्किएका जिल्लाका नागरिकलाई कुनै पनि समस्या नपर्ने गरी सुरक्षित व्यवस्थापन गर्न उहाँले निर्देशनसमेत दिनुभएको छ ।

नगरपालिकाले बनाएको क्वारेन्टिनमा भारतबाट फर्किएका नागरिकलाई राख्नसमेत शुरु भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकाले रु १० लाखको बजेट छुट्याएर काम गरेको जानकारी दिँदै उहाँले नगरपालिकाले भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्नसमेत शुरु गरेको जानकारी दिनुभयो ।

सूर्यविनायक–८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले भारतबाट बसमा फर्किनेलाई हिजोबाट नै राख्न थालेको जानकारी दिनुभयो । अहिले १० जना क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा दैनिक बिहान बेलुका खाना, दिउँसो खाजाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । क्वारेन्टिनमा सूर्यविनायक नगरको स्वास्थ्य शाखाका कर्मचारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, प्रहरी, नेपाली सेनाको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो । क्वारेन्टिन सुरक्षाका लागि वीरदल गण सूर्यविनायकका सेना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरीको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् भने नगरपालिकाले सफाइ मजदुरको व्यवस्था गरेको छ ।

नगरपालिकाले यो क्वारेन्टिनसँगै विदेशबाट फर्किनेहरु सुविधा सम्पन्न होटलमा बस्न चाहेमा होटलको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “नगरपालिकाले तयार पारेको क्वारेन्टिनमा नबसेर सुविधा खोज्नेहरुका लागि होटलमा क्वारेन्टिनको व्यवस्था गरेका छौँ, तर त्यसको खर्च भने आफैँले व्यहोर्नुपर्छ ।” नगरपालिकाले होम क्वारेन्टिनमा बस्नेका लागि नगरपालिकाको निगरानीमा त्यसको समेत व्यवस्था गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका नागरिकलाई त्रिभुवन विमानस्थलबाट काठमाडौंँको होल्डिङ सेन्टरमा राखी त्यहाँबाट भक्तपुर ल्याएपछि भक्तपुरको सल्लाघारीको चौरबाट नगरपालिकामा पठाइने व्यवस्था गरिएको वीर दल गणका गणपति शिव पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सल्लाघारीमा नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले सुरक्षादेखि जिल्लाको कुन नगरपालिकामा जाने हो, सोको विवरण छुट्याएर उनीहरुलाई सम्बन्धित नगरपालिकाको जिम्मा लगाएर पठाउने व्यवस्था गरेका छौँ ।” नगरपालिकाले सल्लाघारीबाट आ–आफ्ना नागरिकलाई बुझेर लगे पनि उनीहरुलाई अनिवार्यरुपमा १४ दिन व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मान्यता छ ।

सरकारले गठन गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले जारी गरेको निर्देशिकामा भने सम्बन्धित जिल्लाका पालिकाले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।



Source: रासस नेपाल

यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ जेष्ठ २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ जेष्ठ २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ जेष्ठ २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ जेष्ठ २०७७, बिहीबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२२ जेष्ठ २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२२ जेष्ठ २०७७, बिहीबार
Next Post

नेपाली सेनाका २ जवानसहित ५ जना कोरोना संक्रमित डिस्चार्ज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी