सिरहा — राजश्व चुहावट नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहा तथा मातहत इकाइहरूले साउन २ गते विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरेका छन्।
सिरहाको सशस्त्र प्रहरीले (बिओपी लगडिगदियानीबाट रु. ९१,५९० मूल्य बराबरको कपडा,प्र.सी.सु. गुल्म माडरबाट रु. १५,००० मूल्यको १५ कार्टुन गौरभ सोफी (मदिरा) र रु. १,००,००० मूल्यको एक थान मोटरसाइकल,नं. ७ गण हे.क्वा. सिरहाबाट रु. १,१०,१०० र रु. ८४,७९० मूल्यका कपडा तथा दुईवटा मोटरसाइकल (प्रत्येक रु. १,२५,००० मूल्य),प्र.सी.सु. गुल्म ईनर्वाबाट रु. ५७,६६० मूल्यको कपडा बरामद गरिएको छ।
छुट्टाछुट्टै स्थान वाट सशस्त्र प्रहरीले जम्मा रु. ७,०९,१४० मूल्य बराबरको तस्करी सामान र ३ वटा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी माडर भन्सार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलको एसपी नरेश भण्डारीले जानकारी दिए।
राजश्व सुरक्षाको लागि गरिएको यो अपरेसनलाई सशस्त्र प्रहरीले तस्करी नियन्त्रणतर्फको सशक्त कदमका रूपमा लिएको बताइएको छ।


