बरियारपट्टी —सिरहाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले सात क्वीन्टल प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । सुखीपुर नगरपालिका-४ पोखरियाबाट लुकाइ छिपाइ राखिएको ७ क्वीन्टल १७ किलो गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिन सफल भएको ।गोप्य सूचनाका आधारमा स्थानीय मेदी यादवको घरमा शुक्रबार बिहान खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा २७ वटा प्लास्टिकको पोका बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।तर, घर धनी यादव भने फरार रहेको र उनको खोजी भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


