मुकेश कुमार  यादव  बरियारपट्टी । मधेस प्रदेशका सिरहा प्रहरी टोलिले  हिरासतबाट छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने यादवलाई  पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका-१, गौरीपुरका प्रमोदकुमार यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सिरहा नगरपालिका-१६, माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै उनले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मै १ लाख ७० हजार रुपैयाँ लिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरेको र सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

सम्वन्धित समाचार :