मुकेश कुमार यादव बरियारपट्टी । सशस्त्र प्रहरी बल सिरहाले शुक्रवार र शनिवार भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणका विभिन्न सामाग्रीहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेस भण्डारीका अनुसार शुक्रबार सिरहा नगर पालिका—२० लगडिगदीयानीस्थित नं. ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनको कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. एक लाख ६९ हजार आठ सय बराबरको कपडा र सुन चाँदी राख्ने बट्टा बरामद गरेको छ ।

त्यसैगरि सशस्त्र प्रहरीले शुक्रबार नै सिरहा नगरपालिका—१७ स्थित माडर बसपार्क नजिक प्रसीसु गुल्म माडरबाट सशस्त्र प्रहरी नायव निरीक्षक चुडामणी काफ्लेको कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मुल्य रु.३६ हजार एक सय पचास बराबरको लत्ता कपडा बरामद गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरीले अवैध भाँडा वर्तनहरु पनि बरामद गरेको छ । शुक्रबार औरही गाउँपालिका—३ कडहर्वा स्थित सडक खण्डमा सशस्त्र प्रहरीको वि.ओ.पि. बरियारपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक शंकर बहादुर थापाको कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मुल्य रु. ५३ हजार दुई सय २० बराबरको भाँडा बर्तनहरु बरामद गरेको हो ।

उक्त सामाग्रीहरु भन्सार बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

यता ठूलो परिणाममा नेपालबाट भारततर्फ पैठारी गर्दै गरेको अवैध स्याउ बरामद भएको छ । शनिवार सिरहा नगरपालिका—२१ लगडिगदियानी स्थित नं.७ गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक विष्णु प्रसाद गौतमको कमाण्डमा खटिएको १० जनाको गस्ती टोलीले नेपालबाट अवैध रुपमा भारतीय नम्बर प्लेट भएको चार वटा मोटरसाइकलमा राखी भारततर्फ लैजादै गरेको रु. ८९ हजार छ सय बराबरको तीन सय २० किलो स्याउ र अन्दाजी मुल्य रु.चार लाख बराबरको चार थान मोटरसाइकल समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

गत मङ्गलवार यहाँको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गणको स्थापना दिवस कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले सीमा क्षेत्रमा हुने अवैध समाग्री ओसारपसार नियन्त्रण गर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभएको थियो । ———

सम्वन्धित समाचार :