सिराहा नगरपालिकामा अख्तियारको टोलीले छापा मारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयको टोलीले नगरपालिकामा छापा हानेको हो।
टोलीले राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायतका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अख्तियारका दुई अनुसन्धान अधिकृतको टोलीले कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरूसमेत नियन्त्रणमा लिएको छ। केही योजनाहरूको स्थलगत निरीक्षण पनि गरेको अख्तियारको बर्दीबास कार्यालयले जनाएको छ।
अख्तियारका सूचना अधिकारीका अनुसार नगरपालिकाविरुद्ध उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि अख्तियारको टोली नगरपालिका पुगेको हो।
नयाँ पत्रिकावाट


