
बरियारपट्टी । सिरहाको बरियारपट्टीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा औरही गाउँ पालिका वडा नम्बर –२ तुलसीपुर मालटोल का १९ वर्षीय निरज राय र सोही गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय कृष्ण कुमार यादव छन् ।
उनीहरूको साथबाट ७१० मिलिग्राम ब्राउन सुगर बरामद सशस्त्र प्रहरी बल बरियारपट्टीको प्रमुख शंकर थापाले जानकारी दिए ।
थापाको अनुसार उनीहरूलाई सनिवार बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ चमारटोल स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकपोस्टमा प्रदेश नम्बर २-०१-००२प३०६८ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा पछाडि सवार भएको निरज राई गोजीमा बाट ब्राउन सुगर जस्तो खैरो पदार्थ सहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सिरहा मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।