बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ सशस्त्र प्रहरी बल बरियारपट्टीको क्याम्प भन्दा ६ सय मिटर दक्षिण जिवछ साहको मदिरा पसलको छेउबाट चाइनिज पर्यटक सहित दुई नेपाली लाई भारतीय एसएसबी पक्राउ गरेको छ ।

 

पिल्लर नम्बर २५६ को अन्दाजी २ सय मिटर पुर्व नेपाली भूभाग बाट  ११:३० बजे   सुखीपुर नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी  वर्ष ४८ का डा. सन्जित दास र बरियारपट्टी गाउँ पालिका वडा नम्बर २ खोक्सी बस्नेअन्दाजी वर्ष ३५को  मुकेश दास र चाइनिज पर्यटक YU SHICHAO लाई एसएसबीका इन्सपेक्टर नितिस कुमारको कमान्ड खटिएको ७ जनाको टोलीले  पक्राउ गरेको छन। चाइनिज नागरिक YU SHICHAO  सन्जित दासको एमबीबीएस पढ्न चाइना  गएको वेलाको साथि हो परिवारजन भनाइ रहेको छ ।पक्राउ परेको मुकेश दास बरियारपट्टी गाउँ पालिकाको इन्जिनियर हो ।

नियन्त्रणमा लिएको चाईनिज व्यक्ति YU SHICHAO को साथमा नेपालको ३ महिनाको भिसा लागेको चाईनिज पासपोर्ट १ थान रहेको छ । सशस्त्र प्रहरीको डिएसपी एमभिका प्रसाद जोशी भनेयस सम्बन्धमा भारतीय सुरक्षा निकाय संग छलफल भइरहेको छ।

सम्वन्धित समाचार :