बरियारपट्टी।सिरहाको बजारमा बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज ,जिल्ला प्रशासन कार्यालय सिरहा,सिरहा उद्योग वाणिज्य संघको लगायतका सरोकारवालाको टोलिले अनुगमन गर्दा ब्यापारीले पसलको सेटर लगाएर भागमभगको अवस्था सृजना भएको थियो ।

नेपालको कानुन दैवो नजानु भन्दै ब्यापारीहरु सेटर बन्द गरेर सर्वसाधारण जस्तै रोडमा घुम्न थालेपछि सर्वसाधारण जनताले सिरहा बजारमा के भएको अचम्म परेको थियो।

अनुगमनको क्रममा रिमझिम होटलमा म्याद गुजि्ररहेको मसाल फेला परेको सिरहा उद्योग वाणिज्य संघकोअध्यक्ष अमरनाथ साल बताए । भारतिय समान खरिद गर्दा सो समानको बिल मागदा महङ्गो दिन्छ त्यसैले ग्राहकले बिल माग्दैन  जितेन्द्र यादवले भने।

स्थानीय ममता यादवले भनिन सरोकारवालालाई थाहा नहोला सोझा जनता थाहा छ, सरोकारवालाको सहयोगमै भन्सार छलेर भारत बाट समान सहजै ल्याउ छन यो अनुगमन हैन सरकारलाई हामी काम गरेको देखाएको हो ।

सिरहाको स्थानीय काले यादव भने सिमानाकाको क्षेत्रमा लगभग ४ किलोमिटरमा सशस्त्र प्रहरीको क्याम्प ,लगभग जिल्लामा ३ देखि ४ किलोमिटरमा नेपाल प्रहरीको क्याम्प र २ भन्सार कार्यालय छन र सहजै सिरहाको गतिविधि बारे जानकारी गर्न राष्ट्रिय अनुसन्धानको कर्मचारी छन अनि ब्यापारीले समुन्द्री र हवाई  मार्ग  प्रयोग गरेर समान लिएर आको हैन र यस्तो अवस्थामा तस्करी हुनु भनेको प्रधानमन्त्री ,गृहमन्त्री र अर्थमन्त्रीलाई गिजियाउनु हो ।

 सरोकारवालाको मिलोमतोमा तस्करी

भारतको बजार भन्दा १८ किलोमिटरको दूरीमा  पर्ने सिरहाका मिर्चैयाबजार ,घुर्मिबजार,चोहर्वा,गोलबजार ,कसहा,जिरोमाइल,धनगढी ,छपरारी,भोटियाटोल र लहान बजारमा सामान  भन्सार छलेर ल्याउनु जहा सशस्त्र र नेपाल प्रहरी मिलाएर ५ देखि ८ वटा क्याम्पलाई चुनौती दिदै समान गाडीमा ल्याउनु भनेको सानो युद्ध जिते सरह हो ।सिरहाको बजारमा खुलेयाम पे पदार्थ ,सुर्तीजन्य पदार्थ पसलको बाहिर राखेर बिक्रीवितरण हुदा  अनुगमन टोलिको ध्यान कहिले गएनन् पसल भित्र रहेको समानको नाम लिदा पाप लग्छ ।सिरहामा तस्करी राज 

सिरहा तस्करीको लागि उर्वर भुमि मानिन्छ। यहाँ सरोकारवालाको प्रमुख फेरिए पछि २ देखि ४ दिन तस्करी रोकिन्छ फेरि आओ सनम जाओ सनम जस्तै हो जानकारहरु बताउछन ।

सिरहाको बजारमा भारत बाट ल्याउने  समानको कमि छैन र सिरहाको माडर र ढाडी भन्सारमा टाइल्स मारवर ,गाडी भन्सार र केहि मात्रामा कपडा लगायत भन्सार देखिन्छ।

 

सिरहा जिल्लामा पछिल्लो समय तस्करीको गतिविधि अत्यधिक रूपमा बढेको छ, जसले “तस्कर राज” को अवस्था सिर्जना गरेको छ। भारतसँगको खुला सीमाका कारण विभिन्न प्रकारका अवैध वस्तुहरू—जस्तै लत्ताकपडा, मदिरा, चिनी, पटाका, लागूऔषध, सुन सिरहाबाट नेपाल भित्र्याइने गरेको छ। स्थानीय बासिन्दाहरूका अनुसार, सुरक्षा निकाय र भन्सार कर्मचारीहरूको मिलेमतोमा यी तस्करीका गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

प्रमुख तस्करीका गतिविधिहरू

 सिरहाका विभिन्न नाकाहरू—जस्तै माडर, औरही, नरगी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा—मार्फत भारतबाट लत्ताकपडा, चिनी, मोटरपार्ट्स, किराना सामान, पटाका,  लगायतका सामग्रीहरू नेपाल भित्र्याइन्छन्। यी सामग्रीहरू राजमार्ग लहान, मिर्चैया, गोलबजार लगायतका बजारहरूमा वितरण गरिन्छन् ।

लागूऔषध तस्करी: सिरहा र सप्तरी जिल्लाबाट भारततर्फ गाँजा तस्करी हुने गरेको छ। स्थानीय उत्पादनले माग पूरा गर्न नसक्ने भएकाले उदयपुर, मकवानपुर र धादिङ जिल्लाबाट गाँजा ल्याएर सिरहाका नाकाहरू—जस्तै  कमलपुर बरियारपट्टी, ठाडी, नरगी, जनकीनगर,कुसन्डीमार्फत भारत पठाइन्छ।

सुरक्षाकर्मी र प्रशासनको संलग्नता

स्थानीय बासिन्दाहरूका अनुसार, तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरू—जस्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीहरू—आफ्नो कर्तव्यमा लापरवाही गर्दै तस्करहरूसँग मिलेमतोमा संलग्न छन्। तस्करहरूले सुरक्षाकर्मीहरूलाई मोटो रकम तिरेर “लाइन क्लियर” गराउने र रातको समयमा सामान ढुवानी गर्ने गरेको बताइन्छ ।

निष्कर्ष

सिरहामा तस्करीको अवस्था गम्भीर बन्दै गएको छ, जसमा सुरक्षाकर्मी र प्रशासनको संलग्नता रहेको देखिन्छ। यसले राज्यको राजस्वमा नोक्सान पुर्‍याउनुका साथै सामाजिक सुरक्षा र कानुनी शासनमा प्रश्न उठाएको छ। तस्करी नियन्त्रणका लागि प्रभावकारी निगरानी, पारदर्शिता र कडा कानुनी कारबाही आवश्यक देखिन्छ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभाग वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षणको ऐन २०७५ अनुसार पसलहरुमा अनुगमन हुदा सिरहामा करोडौं जरिवाना संकलन हुनसक्छन् जानकारहरु बताउँछन् ।सर्वसाधारणहरु भन्छ या कि कानुन संशोधन गर वा पसलमा समान राख्दा    मापदण्डअनुसार राखन निर्देश देउ सरकार ।

सम्वन्धित समाचार :