मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको अधिकांश विद्यालयमा गुणस्तरीय शिक्षाको अभावका कारण अभिभावकहरु आफ्ना बालबालिकालाई शहरतिर पठाउने प्रवृत्ति तीव्र बन्दै गएको छ ।यसै क्रमअनुसर सिरहा हुलाकी राजमार्ग संग टासिएको अर्नमा गाउँपालिका,औरही गाउँपालिका,बरियारपट्टी गाउँपालिका,नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको सयौ विद्यार्थि शहरतर्फका निजि विद्यालमा पढ्न गएका छन ।जनता माध्यमिक विद्याल बरियारपट्टी भुपू शिक्षक शिबधन शर्माले भने स्थानिय विद्यालयमा शिक्षकमै  अनुपस्थितहुने,आवश्यक शैक्षिक सामग्रीको कामी र कमजोर व्यवस्थापनले गर्दा गाउँका विद्यालमा अध्ययनरत विद्यार्थिहरु प्रभावित भएका छन् ।यस कारण अभिभावकहरुले थप खर्च वेहोरी आफ्नो छोराछोरीलाई शहर शहरतिरको निजी विद्यालयमा भर्ना गराउने निर्णय लिएको हुन् ।औरही गाउँपालिका वडा नम्बर १ दरैहियाका रामबाबु यादवले भने हाम्रो गाउँको विद्यालमा नियमित पढाइ हुँदैन। छोराछोरीको भविष्य बनाउने सोच राखेका छौं भने शहर पठाउनु नै उचित ठान्यौं।शहरको निजी विद्यालमा पुगेका विद्यार्थीहरु बसोबासका लागि आफन्त,बोर्डिङमा होस्टल वा रुम भाडा बस्ने तयारीमा छन्।विद्यार्थी गाँउ छोडनु परेकाले उनीहरुमा उत्साहसँग नयाँ परिवेशप्रतिको डर पनि  देखिएको छ ।शैक्षिक विकासका लागि सरकारले गाँउका विद्यालयमा ध्यान दिनुपर्ने स्थानिय शिक्षासेवीहरु काथन छ ।गाउँमै गुणस्तरीय शिक्षा दिन सक्ने अवस्था सिर्जना गरियो भने विद्यार्थीलाई शहर धपाउनुपर्दैन लक्ष्मिपुर पातारीको भुपू शिक्षक लक्ष्मि नरायण यादव भने।

स्थानिय विद्यालयामा समस्या

सिरहाको १७ स्थानिय तहको अधिकान्स विद्यालयमा शिक्षक छ भने भवन छैन जहाँ भवन छ त्याहाँ शिक्षक अपुग छन यसकारण गुणस्तरीय शिक्षा दिने कल्पना गर्ने अवस्था पनि छैन।औरही गाउँपालिका वडा नम्बर १ कुण्डलपुरमा रहेको आधारभूत विद्यालय कुण्डलपुरमा १ सयको हाराहरीमा विद्यार्थीहरु पठनपाठन गर्न आउँछन् । यस विद्यालयको प्रधानाध्यापक सुमेश यादव र दुई शिक्षिकाको भरमा कक्षा ५ सम्म विद्यालाय संचालन छन ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ नरसिंघ आधारभूत विद्यालय जिझौलमा पनि प्रधानाध्यापक र दुई शिक्षिकाको भरमा कक्षा ५ सम्म विद्यालाय संचालन छन। बरियारपट्टी गाउँपालिका वडा नम्बर३ को सरस्वती आधारभूत विद्यालय कक्षा ४ सम्म दुई शिक्षकको संचालन छन्।यो एउटा उदाहरण मात्र हो ।

सिरहाको विद्यालहरुमा विषयगत शिक्षक अभाव,कहि दरबन्दी रिक्त छन र विद्यालय क्षेत्र राजनिती अखडा भएको काराण गुणस्तरीय शिक्षा दिन सक्ने अवस्था नरहेको जानकारहरुको भनाइ छ।

 

सम्वन्धित समाचार :