Warning: Trying to access array offset on value of type bool in /home/simapost/public_html/wp-content/themes/simapost/functions.php on line 190

धनुषा : कोरोना भाइरसको संक्रमणबाट बाच्न भएको लकडाउनले विपन्न नागरिकहरुको जीवन गुजरा गर्न निकै कठिन बन्दै गएपछि उनिहरुको हात मुख जोडन नसक्ने अवस्था आए पछि उनिहरुको लागि राहत वितरण गर्न मिथिला नगर पालिका वडा नं.२ नक्टाझिज स्थित रहेको श्री हिमालय युवा क्लव को प्राङ्गणमा क्लवको अध्यक्ष अरुण कुमार महतोको अध्यक्षतामा स्थानीय युवाहरुको सहभागितामा सामाजिक दुरी कायम गरी भएको बैठकबाट एउटा समितिको चयन गरेको थियो ।

उक्त समितिको संयोजकमा अरुण कुमार महतो,सह संयोजकमा शिव शंकर प्रशाद सिंह , कोषाध्यक्षमा अजय कुमार महतो , सचिवमा शिवराम महतो , सदस्यहरुमा शम्भु महतो , शिव शंकर महतो , दिनेश राय , सरस्वती महतो , राज लाल महतो , बच्चे लाल महतो , संजय दास रहेका छन् । समितिले ११० भन्दा बढि विपन्न , असाहयलाई एक घर धूरीलाई २५ किलो चामल, दाल १ किलो, नुन १ प्याकेट , तेल आधा लिटर , साबुन २ ओटा गरी वितरण गरिने लक्ष्य लिएका छन् ।

समितिका सबै ब्यक्तिहरुले आर्थिक जम्मा गरेका छन् भने युवाहरुमा जगगी लाल महतो,धर्मनाथ महतो,बिष्णुदेव राय , जय प्रकाश महतो ,जितेन्द्र कुमार महतो, लक्ष्मण थापा , काशिनाथ प्रशाद महतो, रविन्द्र महतो ,सूर्य नारायण महतो , हिरा लाल महतो ,सत्य नारायण राय , विजय कुमार महतो , दिलिप साह , कपिलदेव महतो, संजिब कुमार महतो ,अरविन्द यादव, विरे महतो,गंगा प्रशाद महतो लगायतका युवाहरुले आफू खूशी रकम जुटाएर राहतका सामग्रीहरु जुटयाएका थिए । आज ५० घरधूरीलाई राहत वितरण गरेको कल्वका अध्यक्ष अरुण महतोले जानकारी दिए ।

सम्वन्धित समाचार :