बरियारपट्टी — सिरहामा अविरल वर्षाले पाकेको गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ, तर पीडित किसानका लागि राहत र पुनःस्थापनाको पहल अझैसम्म सरकारी तहबाट सुरु भएको छैन। यसले किसानहरूलाई थप संकटमा पारेको छ।सिरहा भरका किसानहरूको बाली नष्ट भएर ठुलो क्षति भएको छ। “हामीले आस लगाएका थियौं, बाली बेचेर ऋण तिर्छौं, तर अब त त्यो पनि सकिएछ,” सिराहाका बरियारपट्टी गाउँपालिका वडा नम्बर ३का वौकु ठकुरले पीडा पोखे। कृषि मन्त्रालयले क्षतिको प्रारम्भिक विवरण संकलन अहिलेसम्म गरेको छैन ।कृषि विज्ञहरू भन्छन्, “प्राकृतिक प्रकोपपछि तत्काल हस्तक्षेप नगर्दा किसानको मनोबल घट्छ र भविष्यमा कृषि पेशाबाट पलायनको जोखिम बढ्छ।”

सरकारको सुस्त प्रतिक्रिया र उदासीनता प्रति किसानहरू आक्रोशित छन्। उनीहरूको माग छ— तत्काल राहत, बीउविजनको व्यवस्था र न्यूनतम मूल्य सुनिश्चित गरेर किसानको भविष्य जोगाउन राज्यले अग्रसरता लिनुपर्छ।

किसानको लागि कृषि बीमाको आवश्यकता

सिरहाको १७ वटै पालिकाले किसानको लागि कृषि बीमा बनाउन सहयोग गरिदिएको भए अहिले किसानलाई राहत हुन्थ्यो ।बीमा शुल्कको ७५ प्रतिशत राज्यले अनुदानस्वरूप बेहोर्छ भने बाँकी २५ प्रतिशत किसानले तिर्नुपर्छ। यसका लागि सरकारले “कृषि बीमा निर्देशिका २०७३” लागू गरेको छ, जसअन्तर्गत बिमा कम्पनीहरूसँग  स्थानीय सरकारले सहकार्य गरेको भए किसानलाई ठुलो क्षति वाट जोगिन्थयो ।

हाल नेपाल सरकारले गहुँ, धान, मकै, तोरी, आलु, तरकारी, फलफूल, फूल, कुखुरा, बङ्गुर, गाई, भैंसी लगायतका कृषि तथा पशुजन्य वस्तुहरूमा बीमा सुविधा उपलब्ध गराएको छ

सम्वन्धित समाचार :