जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिका ७ जानकीनगर मुसहरी टोलका ७ मुसहर अज्ञात रोगका कारण मरे । मृत शरिरलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याउन र लैजान शववाहन नपाउँदा एम्बुलेन्स भाडामा गर्नुप¥यो । तर शव बोक्न एम्बलेन्सले धेरै पैसा मागेपछि ठेलामा बिरामी बोकर ल्याएर र पुनः ठेलामै शव दहनका लागि गरे । सामान्य ज्वरो लागेर थाला परेका मानिसलाई अस्पताल ल्याउन निःशुल्क एम्बुलेन्स नपाउँदा उनले ठेलामा ल्याएको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको थियो
धनुषाको बिदेह नगरपालिका २ दुहबीमा गत महिना पासो लगाएर एक युवकले हात्महत्या गरे । प्रहरीलाई जानकारी पछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुपर्ने भयो । तर परिवारजनले शव अस्पताल ल्याउन न शववाहन फेला पार्न सके न एम्बुलेन्स नै । अन्तमा गाउँको एक ट्रयाक्टरमा शव राखेर आए र पोष्टमार्टपछि सोही ट्रयाक्टरमा शव सहित आफन्त चढेर गए ।
संविधानले प्रत्येक स्थानीय तहलाई विपद् व्यवस्थापन सम्बन्धी अधिकार दिएपनि जनकपुर उप-महानगरपालिका कार्यबिधि नै बनाउन सकेको छैन् । विपद्को नाममा स्थानीय तहले हजार-दुई हजारको राहत दिएर पन्छिए पनि अत्यावश्यक सेवाका लागि एम्बुलेन्स तथा शववाहन किन्न चासो नदेखाएको वडा अध्यक्ष जानकीराम साह बताउँछन् । नगरप्रमुखको लागि चाँही महँगो गाडी किनिएको छ तर दमकल, एम्बुलेन्स, शववाहन जस्ता अत्यावश्यक साधन खरिदमा ध्यान दिएको छैन् । उनले भने, ‘मेयर साहव आफ्नो सेवा सुविधा बढाउनेमा लाग्नुभो, केही भन्यो की पाखा हामीलाई पाखा लगाईहाल्ने ।’
धनुषामा एक उप-महानगर, ११ नगरपालिका र ६ गाउँपालिकामा गरी १८ स्थानीय सरकार छन् । यी मध्ये कुनैपनि स्थानीय तहसंग शववाहन छैन् । अझ प्रदेश २ स्थित १३६ स्थानीय तहमा हालसम्म एउटा पनि शववाहन छैन् । शव ल्याउन लैजान दोब्बर पैसा तिरेर एम्बुलेन्सलाई गुहानुपर्ने स्थानीय सरोज मिश्र बताउँछन । यो अवस्था धनुषामा मात्र हैन, प्रदेश भरि नै छ । हाल जनकपुरमा नीजि स्तरबाट सञ्चालित एउटा मात्र शववाहन छ ।
जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहले फोर्ड कम्पनीको इन्डेभोर रु. १ करोड ३८ लाख रुपैयाँमा गाडी खरिद गरेको छ । जबकी उप-महानगरपालिकासंग आपतकालिन सेवाका लागि हुनपर्ने एम्बुलेन्स र शववाहन छैन् । जनप्रतिनिधले महँगा गाडी खरिदमा ठुलो धनराशि खर्च गरेपनि नगरबासीका लागि एम्बुलेन्स र शववाहनका छैन् । महानगरले भारतीय राजदूतावासको सहयोगमा पाएको एम्बुलेन्स समेत थन्क्याएर राखिएको छ । तर थन्क्याएको एम्बुलेन्सको नाममा डिजल र मोबिल तथा ड्राईभरको रकम खर्च भईरहेको छ । बिकासको नेतृत्व गर्छु भनेर चुनिएकाहरु जनप्रतिनिधि बिलासि बन्दै जानु चिन्ताको विषय भएको बुद्धिजिवी विष्णुमणि खनाल बताउँछन् । कोरोनाको विषम परिस्थितिमा एम्बुलेन्स, शववाहन र आपतकालिन स्वास्थ्य सेवा महत्वपूणर् हुने बताउदै भने, ‘जनप्रतिनिधि सुख शयलमा लोभिदा जनतामा शासन पद्धतिप्रति नै असन्तोष पैदा भयो, अहिले कोरोना संक्रमितका लागि क्वारेन्टाईन र आईसोलेशनको व्यवस्था गर्न सकेको छैन, तर डेढ करोडमा गाडीमा चढछ ।’
प्रदेश २ सरकारले तीन वर्षको अवधिमा मुख्यमन्त्री देखि मन्त्री सम्मका लागि ४० करोडको गाडी किनिएको छ । तर सम्म एम्बुलेन्स र शववाहन किन्न सकेको छैन् । जनकपुरधाम प्रादेशिक अस्पताल अस्पताल बिकास समितिका अध्यक्ष संजय सिंहले समेत सरकारी स्तरमा एउटा पनि शववाहन नरहेको स्विकारे । उनले भने, ‘हामीसंग श्रोतको अभाव छ, प्रदेश सरकार सिमिति पैसा दिन्छ, त्यसैमा सबै भ्याउनुपर्छ, हामी आफै किन्न पनि सक्दैनौं ।’
यता प्रदेश २ का समाजिक बिकास राज्यमन्त्री अभिराम शर्माले ८ वटै जिल्लाका अस्पतालका लागि एम्बुलेन्स खरिदको प्रक्रिया सुरु गरिएको बताए । उनले भने, ‘सबै जिल्लाको अस्पतालका लागि एम्बुलेन्स खरिद प्रक्रिया सुरु भईसकेको छ, अर्थमन्त्रालयबाट फाईल आउने बित्तिक्कै सबै जिल्लामा एम्बुलेन्स हुनेछ, तर शववाहन बाहन बारे केही भन्न सकिने अवस्था छैन् ।’
साढे ६१ लाख प्रक्षेपित जनसंख्या रहेको प्रदेश – २ मा १३ सरकारी अस्पताल, दुई मेडिकल कलेज र करिब ६० वटा निजी अस्प्ताल छन् । तर प्रदेशको जनसंख्या, अस्पतालको संख्याको अनुपातमा चिकित्सक, प्राविधिक र उपकरणको संख्या एकदमै न्युन रहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्याले बताए ।
‘कहिँकतै दुर्घटना वा अस्पतालमै विरामीको मृत्यु भयो भने शव कसरी लैजाने भन्ने चिन्ता हुन्छ,’ स्थानीय सुशिल कणर् भन्छन, ‘शव पोष्टमार्टम तथा सदगत गर्नुपर्यो भने निकै समस्या हुन्छ ।’ अतिआवश्यक बनेको शव वाहन किन्न स्थानीय प्रशासन तथा सरकारले अग्रसर हुनुपर्ने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादव बताउँछन् । ‘अस्पतालबाट एक ठाउँबाट अर्को ठाउँमा शव लैजान परिवारलाई गाह्रो छ, नीजि गाडीले शव लैजान मान्दैन, लगेपनि गाडीले महंगो पैसा लिन्छन ।’