बरियारपट्टी।सिरहाको  बरियारपट्टी गाउँपालिकाको उपाध्यक्ष ममता कुमारी यादवले वडा नम्बर २श्रीपुरको भगलु मुखियाका छोरी अंजलिता कुमारी मुखियाको  आफ्नै हातले कन्यादान गर्ने क्रममा भने दाइजो प्रथा नेपाली समाजको गम्भीर समस्या हो ।

जबसम्म हाम्रो समाजमा दाइजो लिने वा दिने परिवार लाई समर्थन गर्छ तबसम्म यो समाजमा दाइजो प्रथाको  रोग रहिरहन्छ   त्यसै युवा युवतीले दाइजो प्रथा विरुद्धमा बहस गर्न पर्छ ।

स्थानीय दिनेश मुखिया भने  नेपालमा दाइजो प्रथा गैरकानुनी छ सबै थाहा हुदाहुदै सरकारले कानुनी कडाइ नगरेको उपज हो ।

जबसम्म राजनीतिकर्मिले दाइजो मुक्त समाजको भाषणमै सिमित राख्छ र व्यबहार लागु गर्दैन तबसम्म दहेज मुक्त समाज परिकल्पना गर्नु सपना मात्र हो बबिता कुमारी यादवले भने  ।

नवयुवाहरूले दाइजो नलिने संकल्प गर्दैन तबसम्म दहेज मुक्त समाज बन्दैन र स्थानीय सरकार वार्षिक कतिजनाले  दाइजो नलिएको परिवारको तथ्यांक लिई सम्मान गरेपछि दाइजो लिनेको संख्या कम हुन्छ बिमल मुखिया भने ।

विवाह समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति थियो।

सम्वन्धित समाचार :