बरियारपट्टी।सिरहामा सवारी दुर्घटना परी महिन्द्र यादव सहित तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको तीन छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी सिरहा मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साह र सिन्धुली दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको मृत्यु भएको हो ।पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको धनगढीमाई नगरपालिका-१० स्थित कसहाबाट लहानतर्फ जाँदै गरेको प्र २-०१-००१ ख ०१२१ नम्बरको टिपरले पछाडिबाट प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लग्दा अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।त्यस्तै , सिरहा मिर्चैया कटारी सडक अन्तर्गत मिर्चैया नगरपालिका ७ मा विग्रिएर सडकमै रोकी राखेको प्र. २–०१–००१ ख. ००३६ नम्वरकोे ट्रकमा कटारीबाट मिर्चैया तर्फ आईरहेको प्र. ३–०१–०२२ च. ८७६४ नम्वरको पिकप भ्यान ठोकिदा भ्यानका सह–चालक सिन्धुलीको दुधौली नगरपालिका १४ का २७ वर्षिय मिलन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घाइते भएका छन् ।घाइते सागरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ पेट्रोल पम्प स्थित फल्गुण ९ गते स९ प ५६०० नम्बरको मोटरसाइकले ठक्कर दिदा घाइते भएको बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ महिन्द्र यादवको उपचारको क्रममा न्युरो अस्पतालमा आज मृत्यु भएको परिवारजन बताएको छ । मोटरसाइकल र मोटरसाइकल चालक सुखिपुर नगरपालिका वडा नम्बर २ छजनाको अन्दाजी वर्ष ६३को हरिनारायण यादव  प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता बिरेन्द्र पासवान वताए  ।

सम्वन्धित समाचार :