मुकेश कुमार यादव बरियारपट्टी । सरोकारवाला र अभिभावक सचेत हुुन्छ अनिमात्र शिक्षाक्षेत्र प्रगति हुन्छ कार्यक्रमको प्रमुख अतिथि तथा संविधान सभा सदस्य पदम नारायण चौधरीले जिकिर गरे ।
मधेस परदेशमा रहेको लहान एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयका २५ औं स्थापना ( रजत जयन्ती) समारोहमा चौधरीले भने ५० प्रतिशत विद्यालय, ५० प्रतिशत अभिभावकले जबसम्म जिम्मेवारी बहन गर्दैन तबसम्म शिक्षाक्षेत्रमा उल्लेखनीय प्रगति हुन सक्दैन ।यस कलेजले जुन प्रगति विवरण सार्वजनिक गरेको छ यसको साक्षी म आफै छु ।एभरेस्ट कलेजमा अध्यन गरेर सरकारी तथा निजी क्षेत्रमा धेरै विद्यार्थीहरु काम गरिरहेको छ । एभरेस्ट कलेज यहाँ नभएपछि हजारौं विद्यार्थी अध्यक्ष गर्न अन्य ठाउँ जनु पर्ने बाध्यता थियो ।लहान शिक्षा क्षेत्रका लागि तीन जिल्लाको हव थियो तर अहिले समय अनुसार शिक्षा क्षेत्रमा प्रगति नभएपछि विद्यार्थी विदेश तिर अध्ययन गर्न जादै छ यसलाई रोक्न सरोकारवालाले जवाफदेही बोक्नुपर्छ ।
प्रदेश सभा सदस्य राजेन्द्र प्रसार चौधरीले भने नेपालका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर देखिन्छ। विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन।
लहान नगरपालिका उप मेयर राम चलितर महतोले भने यश कलेजले कम समयमा राम्रो प्रगति गरेको छ । यहाँ अध्यन गर्ने विद्यार्थीको अभिभावकको गुनासो देखिएन तर म भन्छु शिक्षाक्षेत्र सुधार्न सरोकारवाला अभिभावक र शिक्षकले जब चासो राख्दैन तबसम्म शिक्षाक्षेत्रमा उल्लेखनीय प्रगति हुदैन ।महतोले भने कसैको दबाब प्रभाव परी शिक्षकशिक्षिका नियुक्ति गरेपछि विद्यार्थीको भविष्य खराब हु्ुन्छ त्यसैले यस्तो समस्या देखि परै रहनुपर्छ ।
एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयले आफ्नो इतिहास र प्रगतिको यात्रालाई स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना संजय राज शर्माले गरेको थियो।
कार्यक्रममा लहानका विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार,
समाजसेवी, पूर्व मन्त्री, मधेस प्रदेशका सभा सदस्यहरू,
लहानका सरकारी तथा निजी विद्यालयका प्रतिनिधिको
उपस्थिति रहेको थियो। उनीहरूलाई समारोहमा सम्मानपत्र र
मायाको चिनो प्रदान गरियो ।
विद्यार्थीहरूको सक्रिय सहभागितामा विविध सांस्कृतिक
कार्यक्रम प्रस्तुत गरियो, जसले उपस्थित अतिथिहरूलाई
मनोरञ्जन प्रदान गरेको थियो। नृत्य, गायन, नाटकजस्ता
कार्यक्रमहरूले विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको
क्षमताको झल्को दिएको थियो।
सांस्कृतिक कार्यक्रमसँगै, विद्यार्थीहरूले फुड स्टल पनि
सञ्चालन गरेका थिए । स्टलहरूमा परम्परागत तथा
आधुनिक परिकारहरूको प्रदर्शनी गरिएको थियो, जसले
सहभागीहरूमा उत्साह थपेको देखिन्थ्यो।
कार्यक्रमले विद्यालयको शैक्षिक योगदान र सामुदायिक
सहभागितालाई थप प्रोत्साहित गरेको भन्दै अतिथिहरूले
प्रशंसा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापकले यो
सफलतामा सबैको सहकार्य र योगदानको महत्त्वपूर्ण भूमिका
रहेको भन्दै आभार प्रकट गरे।समारोहले लहान एभरेस्ट कलेज तथा तथा माध्यमिक विद्यालयलाई शैक्षिक उन्नयनको यात्रामा नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।


