राजविराज। मधेश सरकारको गौरबको आयोजना मध्ये एक मानिने सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालय थला परेको छ। विश्वविद्यालयमा कार्यरत उप–प्राध्यापक तथा कर्मचारीहरू ६ महिनादेखि तलव खान नपाएर छट्पटिएका छन्।उनीहरुले सोमबार मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयलाई ज्ञापनपत्र पठाएर गत भदौदेखि हालसम्म पनि तलब/भत्ता नपाएको गुनासो गरेका छन्। पुस २८ गते विश्वविद्यालयका पदाधिकारीहरुको वैठकको निर्णय अनुसार तलब/भत्ता खुवाउन नसकिने जानकारी पाएपछि उनीहरु तनावमा छन्। सप्तरीका सीडीओ भोला दाहालमार्फत वुझाईएका छन्। सोही ज्ञापनपत्रको बोदार्थ जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केनद्र,जसपा नेपाल,जनमत,लोसपा लगायतका पार्टीहरुलाई समेत दिईएको छ।

विश्वविद्यालय पदाधिकारीको वैठकको निर्णय भन्दै तलव दिने नसक्ने पत्राचार भएपछि पुस २९ गते सम्पूर्ण उप– प्राध्यापक तथा कर्मचारीहरुले ज्ञापन पत्र वुझाउँदै समस्या अवगत गराएका थिए। त्यसको एक महिना वितिसक्दा पनि निकास ननिस्किएपछि उनीहरुले पुनः अर्को ज्ञापन पत्र वुझाएका हुन।

‘यस्तो अवस्थामा पनि हामी उप– प्राध्यापक तथा कर्मचारीहरु विश्वविद्यालय प्रति जिम्मेवार भई नियमित रुपमा पठन पाठन लगायत अनुसन्धान सञ्चालन गर्दै आइएरहेका छौं । तर चरम आर्थिक संकट को कारणले गर्दा हाम्रो व्यक्तिगत तथा पारिवारिक दैनिकी प्रभावित भएको यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं।’– सप्तरीका सीडीओ भोला दाहालमार्फत वुझाईएको ज्ञापन पत्रमा भनिएको छ।

अव भने पठनपाठनसहित सम्पूर्ण कृयाकलाप ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। ज्ञापन पत्रमा भनिएको छ–‘क्षतिपुर्तिसहित नियमावली अनुसारको तलबभता तथा अन्य सुबिधाहरु नपाउनजेल्सम्म नियमित रुपमा पठन पाठनलगायत अनुसन्धानका कामहरु ठप्प पार्ने जानकारी गराउन चाहन्छौं। उक्त विषय प्रति मिति २०८१ मघ ३० गते भित्र कुनै सुनुवाई तथा सम्बोधन नभएमा मिति २०८१ फागुन १ गते देखि नियमित रुपमा पठन पाठन लगायत अनुसन्धानको कामहरु ठप्प हुनेछ।’ ज्ञापनपत्रमा भनिएको छ।

नयाँ शैक्षिक सत्रमा नयाँ भर्नाका लागि भदौमा आवेदन माग गरिएको थियो । ५० जनाको लागि एक सय ११ जनाको आवेदन परेको छ । आवेदकहरूसँग दुई/दुई हजार दस्तुर पनि संकलन गरिएको छ । तर आर्थिक कारोबार ठप्प हुँदा प्रवेश परीक्षा सञ्चालन गर्न नसकेर हालसम्म भर्ना लिइएको छैन । कात्तिकदेखि सुरु गर्नुपर्ने कक्षा अन्योलमै छ । आवेदन लिएपनि प्रवेश परीक्षा लिएर भर्ना नगरेको भन्दै कार्यालयमा पुगेर, फोन गरेर आवेदनकर्ताहरूले गुनासो गर्ने गरेको विश्वविद्यालयका पदाधिकारीहरूको भनाइ छ ।

विश्वविद्यालय यस्तो कहालिलाग्दो अवस्थामा पुग्नुको कारण हो, जनमत र जसपा नेपालबीचको जुँगाको लडाईं र राजनीतिक प्रतिशोध । दुई दलबीच

सम्वन्धित समाचार :