सिरहा : नेपाल विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत एकजना कर्मचारी जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले जानकारी गराएका छन् ।

राईलाई सिरहा नगरपालिका-७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो। राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौंको साइबर व्युरोमा पठाएको प्रवक्ता पासवानले बताए ।

परिवर्तित नाम (जिल्ला-२६,गौशाला-३६) ले राईमाथि जवरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तरगत कसुर गरेको भनेर प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी परेपछि उनी फरार भएका थियो ।

सम्वन्धित समाचार :