बरियारपट्टी।भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको BR 32 PA4661 नम्बरको स्कारपीयो

 बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा जनकपुरका ४र सिराहाको जनाको मृत्यु भएको छ।

चार जना मृतक  एकै परिवारको रहेको र गाडी चालक सिरहा सुखिपुर नगरपालिका वडा नम्बर २ छजनाको रहेको  छ।

 

प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटना भएको हो।

बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।

सो दुर्घटनामा ४५ बर्षिय मन्तार्नी देवी, ३० बर्षिय अर्चना ठाकुर , ६० बर्षिय बालाकृष्ण झा, ५५ बर्षिय इन्दु देवी र कार चालक  सिरहाको शम्भु रहेका छन् । दुर्घटनामा ज्यान गुमानेमध्ये अर्चना ठाकुर जनकपुर न्यूरो हस्पिटलकी कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा मनोहर ठाकुर , कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते भएका छन् ।   घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिपले पाँच बल्ड्याङ खाएको थियो।

दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते सबै जना जनकपुरका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।

सम्वन्धित समाचार :