मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टीमा मुसहर समुदायको गुजमुज बस्ती छ । करिब ४ कठ्ठा क्षेत्रफलमा ४५ परिवारका १ सय ८० सदस्यहरु यहाँ बसोबास गरिरहेको छ ।माटो,बाँस र काठले बनाएका परालको छाप्रोमा ३/४ पुस्ता देखि मुसहर परिवार बस्दै आएको छन । पुस्तौंदेखि बस्दै आएको मुसहर परिवारको लालपुर्जा बनेको छैन ।मुसहर बस्तीमा मौसम अनुसार बर्षामा त्रिपाल, प्लास्टिक घरको छानोमा लगाउछन अनि अलि खुशी महसुस हुन्छ।कहि दिनमै हवाहुरीले त्रिपाल,प्लास्टिक उडाएपछि जाडो मौसम आउछ जाडो वाट बच्न (जाडो छल्न )फेरि पराल राखनु पर्ने बाध्यता हुन्छ ।छानो फेर्दा देखिको सपना धेरै टिकाउ हुदैन ।लालपुर्जा मुसहर हरूलाई नहुदा जस्तापाता छानोमा राख्न हच्किन्छन।लालपुर्जा नहुँदा ऋण कर्जा लिई घर बनाएपछि सरकारले कतिबेला घर हटाउन भन्छ भन्ने चिन्ता उनीहरूमा छन ।गरिबीको कारण राम्रो घर बनाउने सामर्थ्य नभएको मुसहरलाई आफ्नो घर जग्गा खोस्ने डर छ ।आसपासको जग्गाका लालपुर्जा छ तर मुसहर समुदाय बसेको जग्गा ऐलानी हो उनीहरू संग लालपुर्जा छैन ।
मुसहर बस्तिको दुबै तर्फ झिलिमिली बिजुली बत्ती बल्दा मुसहर अन्धकार हुन्छ त्यसको एक प्रमुख कारण हो लालपुर्जा नहुनु हो ।बिजुलीको तार मुसहर बस्ती बाटै गएको छ कागजात नभएको कारण मुसहरहरुलाई बिजुली चोरीगरी बत्ति बाल्ने बाध्यता छ । लहान विधुत प्राधिकरणको चोहाबट नियन्त्रण टोलिले तार लगायत बिजुली वाट चल्ने उपकरण उठाएर लान्छ ।कति जोहो गरेर बिजुली बत्ती बालेको मुसहर समुदायको छन भरमा चोहावट नियन्त्रण टोलिले सपनामा पानि फेरिदिन्छ ।
अहिले मेदनिपुर देखि बरियारपट्टी सम्मा १० मिटरको बाटो बन्दै छ ।बाटोको (दक्षिण उत्तर ) दुवै पट्टी मुसहर बस्ती छन ।बाटो १० मिटर बन्यो भने मुसहर बस्तीमा रहेको घर हटाउनुपर्ने हुन्छ ।अहिले मुसहर बस्तीमा उठिबास भएको छ ।मुसहर बस्तीको दुबै तर्फ बाटो बनिसकेको छ तर मुसहर बस्तीमा बनाउने बाटो स्थगित गरेको छ ।उनीहरूलाई नत सरकारले जग्गा व्यवस्था गरेको नत घर बनाई दिएको छ । कति वेला स्थानीय सरकारले के निर्णय सुनाउला चिन्तामा बसेको छ।६० वर्षिय रामदेव सदाय भन्छ विकासको नाममा नेताहरू बेघर बनाउने हुन कि चिनताले सताइरहेको छ ।पुस्तादेखि बस्दै आईरहेको घरमा अहिले १५ जनाको परिवार छन ।जेठो छोरा श्यामसुन्दर सदायको चार छोरी दुई छोरा छन ।कान्छो छोरा श्याम कुमार सदायको दुई छोरा एक छोरी छन ।रामदेव सदाय भने ३ ओटा घरमै १५ जनाको परिवार बस्नुपर्छ र त्यसमै दाउरा ,बाख्रा ,कपडा र चुलो छन।चुनावको समयमा नेताहरुले भन्छ निर्वाचित भएपछि घर बनाइदिन्छु तर कसैले घर बनाई दिएन ।६५ वर्षिय गणेशि सदाय भन्छ मेरो परिवारमा पनि १० जना सदस्य छन ।४ वटै घरमा सव परिवार मिलाएर बस्नुपर्ने हुन्छ ।तिन्टै छोराका बिवाहा भएको छन ।एक घरमा ४/६ जना परिवारको सदस्य बस्नु पर्छ र त्यसमै दाउरा ,कपडा,चुलो र बाख्रा बाख्री राख्नुपर्छ ।सदाय भने हाम्रो लागि सरकार कहाँ छ र? ।४५ वर्षिय आशेलाल सदाय भन्छ घरको समस्या यस्तै छ सबैको विदेश जानलाई पैसा छैन लालपुर्जा नभएपछि कसैले ऋण पनि दिदैन।अहिले भारमा काम गर्न जान्छु त्यहाँ काम गराई हल्छ पछि पैसा माग्दा भारतीय अधारकाड माग्छन् हामी संग अधारकाड हुदैन थोरै पैसा दिई काम वाट हटाइ दिन्छ ।
भर्था सदायको श्रीमती लालो देवी सदायले भने चुनावको समयमा मत मग्न आउदा नेताको भाषण हात्तीको दात जस्तो साबित भयो ,त्यतिबेला घर बनाई दिनु प्रतिबद्ध गरे घर बनाउनु परको कुरा हो अहिले जाडो मौसम (सितलहर) छ जाडौ छल्न कुनै पनि सरकारले जाडोको कपडा दिएन गरिबीको लागि कहाँ छ सरकार ।सरकारले १० हजार विदेश पठाउछु खुब हल्ला भयो नत १० हजारमा विदेश जान सक्छ नत भारमा विना अधारकाडको कामगरे बापत पुर्ण पैसा दिन्छ ।
कबित्रि देवी (भुतहा वालि) भन्छ खुल्ला दिशा मुक्त सिरहा घोषणा त भयो तर मुसहरको लागि सर्बजनिक शौचालय नहुदा दिसापिसाब गर्न खेत आलिमा जानुपर्छ ।वर्षको समयमा धेरै समस्या हुन्छ तर स्थानीय सरकारको कुनै चासो छैन ।घरको समस्या समाधान गर्नुत परैको विषय हो ।मुसहर बस्तीमा रहेको ४५ परविारको समस्या उस्ता उस्तै छ ।सरकार फिरिए सत्ता फेरिए फेरिएन मुसहरको समस्या ।
यश सम्बन्धमा गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतो भने अहिलेसम्म मुसहरहरूको घरको विषयमा कुनै पहल भएको छैन बाटो फराकिलो बनाउने काम बन्द छ।समस्याको समाधान भएपछि मात्र त्याहा बाटो बन्छ ।

सम्वन्धित समाचार :