लोकेन्द्र प्रसाद यादव बोदे बरसाईन। सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर—५ मा धर्मशालमा विहीबार नेपाली कांग्रेस नगर कार्य समितिको बैठक सम्पन्न भएको हो।
नेपाली कांग्रेस नगर सभापति ईन्जिनियर दिपेन्द्र कुमार यादवको अध्यक्षता तथा जिल्ला सदस्य रामु यादवको उपस्थितिमा भएको सो बैठकले पार्टीका भातृसंगठन तरण दल नगरका दशवटै वडामा पुर्णता दिने र नेपाली कांग्रेस सबै वडा कमिटीको बैठकलाई मासिक रुपमा नियमित गर्ने निर्णय भएको उपसभापति नन्कु साहले जानकारी दिनुभयो।

सो बैठकमा धारण राख्दै सहभागीहरुले पार्टीका स्थानीय स्तरका कार्यकर्ता लक्षित गरि पार्टीको संगठन निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम राख्न जोड दिनुभयो । भने वडा समितिका सभापतिहरुले नगरपालिकामा अनियमितता र मनपरी भई रहेको आरोप लगाउँदै पार्टीलाई आन्दोलनमा जान सुझाएका थिए।‘‘नगरभित्र कर्मचारी भर्ना छनौट प्रकृया देखि लिएर सरुवा सम्म मनपरी तरिकाले गर्ने गरेको वक्ताहरुको आरोप थियो।”
नगरपालिकामा भई रहेको अनियमितता र मनपरी विरुद्ध आन्दोलन गर्न बुथ कमिटी सभापति र पार्टीका नेतृत्ववर्गबाट आएको अवाजलाई मध्य नजर गर्दै दशवटै वडा समितिको बैठकबसाई आवश्यक छलफल गराई अगामी नगर समितिको बैठकले आवश्यक निर्णय लिने नगरसभापति ईन्जिनियर दिपेन्द्र कुमार यादवले बैठकका सहभागीहरुलाई आश्वसक्त पारेका थिए ।
सो बैठकमा नगरपालिकामा पार्टीबाट निर्वाचित भई प्रतिनिधित्व गरि रहेका जनप्रतिनिधिहरु भूमिकाको आलोचना भएको थियो। केन्द्रीय स्तरको नेताहरुलाई बोलाई जनतामा कांग्रेसको बिचारलाई पुरयाउन तत्काल आमसभा राख्न नगर समितिलाई सहभागीहरुले सुझाए।

सम्वन्धित समाचार :