
मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको गोलबजार मेलामा दुई युवक पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ।
गोलबजार नगरपालिका वडा नम्बर ११बल्कबा स्थित मैनाबती खोलामा लगेको भब्रि मेलामा केहि ब्यक्तिहरु बिच एक आपसमा झैझगडा हुदा हतियार देखाएको थियो ।
गोलबजार नगरपालिका वडा नम्बर १२बेतौना बस्ने वर्ष अन्दाजी १९ को प्रमोद ठाकुर र सोही वडा बस्ने अन्दाजी वर्ष १९ बिष्णु कुमार महतोलाई खानतलासी गर्दा प्रमोद ठाकुर संग पेस्तोल ,महतो संग फलामको नक फेला परेको प्रहरीले बताए ।
ठकुर र महतोलाई थप अनुसंधानको जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवान जानकारी दिए ।