पोखरा । तालको सहरको रूपमा परिचित पोखराको अस्तित्व यसको मुटुमा रहेको फेवातालसँग रहेको छ । पर्यटकीय राजधानीको रूपमा समेत परिचित रहेको पोखरा पुग्ने जो कोहीलाई पनि फेवाताल नपुगेमा आफ्नो भ्रमण अधुरो र अपुरो रहेको भान हुन्छ ।

फेवाले मानिसहरूको मन मस्तिष्कमा अमिट छाप छोडिसकेको छ जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन्, यसको दृश्यपान गरेर कसैले पनि आफ्नो धित मार्न सक्दैनन् ।आँखाले नभ्याउने क्षेत्रमा फैलिएको निलो रङ्ग घोलिएको जस्तो फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमशृङ्खला दृश्यावलोकन गर्न  सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट सुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । लिो र शालीन फेवाको किनारमा जो कसैले पनि आफ्नो दिन “अघि बढ्दै पाइला मेट्दै” गर्ने डुङ्गालाई हेरेर बिताउन सक्छन् । रातोपाटीबाट

सम्वन्धित समाचार :