Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोना परीक्षणका लागि जिल्लामै ल्याब

न्युजडेस्क न्युजडेस्क
२१ जेष्ठ २०७७, बुधबार
46
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

 केदार मगर : कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौँ पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो । ल्याब स्थापना गर्नका लागि जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरेर सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक रकम र दक्ष जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

“पिसीआर परीक्षणका लागि जिल्लामा सङ्कलन गरिएका स्वाबको रिपोर्ट विराटनगर तथा राजधानी काठमाडौँबाट चार/पाँच दिनमा मात्र आउने गरेको छ”, उहाँले भन्नुभयो, “बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत कारण बढी खर्च लाग्ने र ढिलोगरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।” जिल्लामा सङ्कलन गरिएका स्वाबको पिसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एक जनाको रु २० देखि २५ हजारसम्म खर्च हुने गरेको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । जिल्लामा एक जनाको आरडिटी गर्दा रु एक हजार ५०० खर्च हुने गरेको जनाइएको छ ।

जिल्लामा पिसीआर ल्याब स्थापना गर्न रु २५ लाखदेखि रु एक करोड ५० लाखसम्मको उपकरण खरिद गर्न पाइने जनाइएको छ । उपकरण खरिद गर्न जिल्लाकै लगानीमा सम्भव भए पनि दक्ष जनशक्ति व्यवस्थापनमा कठिन हुने सम्भावना छ । सङ्क्रमण नियन्त्रणमा हालसम्म गरिएका उपलब्धिलगायत विषयमा छलफलसमेत भएको समितिको बैठकले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका भौतिक पूर्वाधार आयोजनाका लागि आवश्यक बाहिरी जिल्लाका जनशक्ति ल्याउनसमेत पहल गर्ने निर्णय गरेको छ ।

जिल्लामा सञ्चालित अधिकांश आयोजनाका काममा खटिएका प्राविधिक तथा दक्ष कामदार बन्दाबन्दीका कारण आ–आफ्नो गृहजिल्ला गएकाले उनीहरुलाई पुनः काममा फर्काउन पहल गर्ने निर्णय गरेको हो । आयोजनाका काममा आउने बाहिरी जिल्लाका उनीहरुलाई सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा पिसीआर तथा आरडिटी गराएर मात्र काममा खटाउने निर्णय भएको छ । बाहिरी जिल्लाबाट ल्याइने कामदारबाट सङ्क्रमणसमेत भित्रिने खतरा रहेकाले नियन्त्रण गर्न अनिवार्यरूपमा पिसीआर तथा आरडिटी गराउने निर्णय गरिएको संयोजक चाम्लिङले बताउनुभयो ।

यस्तै जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्न यसअघि निर्धारण गरिएको समयतालिका समितिको बैठकले हटाएको छ । सम्बन्धित संस्थाको केन्द्रीय कार्यालयले निर्धारण गरेको निर्णयअनुसार सञ्चालन गर्न जिल्लामा सञ्चालित सबै बैंक तथा बित्तीय संस्थालाई आग्रह गरिएको समितिले जनाएको छ । यसैबीच जिल्लाका बिरामी उपचारका लागि काठमाडौँ तथा विराटनगर लैजान र ल्याउन प्रयोग गरिने रिजर्भ जिपको भाडा यातायात व्यवसायीले मनपरी लिने गरेकामा आगामी दिनमा एकरुपता ल्याउने निर्णय गरिएको छ ।

यसअघिसम्म आफूखुशी भाडा लिँदै आएको जिपले दिक्तेल–विराटनगरका लागि रु २० हजार र दिक्तेल–काठमाडौँका लागि रु १८ हजार मात्र लिन पाउने गरी निर्णय गरिएको जनाइएको छ । जिल्लामा सञ्चालित एम्बुलेन्सको सङ्ख्या कम भएकाले सम्भावित खतरालाई न्यूनीकरण गर्न दुईवटा जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न मिल्नेगरी तयारी अवस्थामा राख्ने पनि निर्णय गरिएको छ । जिपलाई बिरामी तथा कोभिड–१९ मैत्री बनाउन नेपाली सेनाको दिक्तेलस्थित गोरखनाथ गणलाई जिम्मा दिइएको छ । जिल्लामा हालसम्म हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षीय एक युवकमा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँबाट उद्धार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ । कोरोना कोषमा विद्यार्थीदेखि कर्मचारीसम्मको सहयोग हलेसी तुवाचुङ नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि जापानमा अध्ययनरत सोही नगरपालिका–५ दुर्छिमका शरद राईले आर्थिक सहयोग गर्नुभएको छ । दुर्छिमस्थित चुमाखी स्थायी घर भइ हाल जापानको टोकियो विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत राईले नगरपालिकाको कोरोना कोषमा रु एक लाख आर्थिक सहयोग गर्नुभएको हो । आफू जन्मिएको नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको समाचार सुनेपछि नियन्त्रणमा सहयोग गर्न थोरै भए पनि आर्थिक सहयोग गरेको राईले बताउनुभएको छ ।

“यस विषम घडीमा आफैँ गाउँ फर्किएर आफ्नो दाजुभाइको सेवा गरौँ भन्ने लाग्छ, तर आफ्नो पढाइको कारणले त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले स्थापना गरेको कोषमा थोरै भए पनि रकम जम्मा गरेर सहयोग गरेको हुँ ।” जापानबाट राईले पठाउनुभएको रकम हलेसीस्थित माछापुछ«े बैंकमा स्थापना गरिएको कोरोना रोकथाम तथा नियन्त्रण कोषको खातामा जम्मा गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले हाम्रो नगरपालिकावासीलाई समेत छाडेन ।”, उहाँले भन्नुभयो, “यो विषम परिस्थितिलाई सामना गर्न सबैको साथ र सहयोग जुटिरहेको छ ।”

नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा नेपाली काँग्रेसका युवानेता जीतेन्द्रसिं ठकुरीले रु २५ हजार, होटल व्यवसायी सङ्घ हलेसीले रु २५ हजार, नेपाल रेडक्रस सोसाइटी उपशाखा बडहरेले रु २० हजार, माछापुछ«े बैंकले रु ५० हजार, मङ्गलटारका पदम राईले ५० हजार र दुर्छिमका जनक राईले रु ३० हजार सहयोग गरेका छन् । यस्तै नगरपालिकाका जनप्रतिनिधिले राज्यबाट पाउने सुविधावापतको रुकम रु चार लाख २५ हजार, नगरपालिकामा कार्यरत कर्मचारीको रु एक लाख ३७ हजार ४५० र स्वास्थ्यकर्मीको रु एक लाख ५७ हजार ६५४ जम्मा भएको जनाइएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक लाख २० हजार, पूँजीगतबाट रु ३० लाख ३५ हजार ४१५ र कोरोना जनसुरक्षा प्रदेश सरकारबाट रु १० लाख प्राप्त भएको नगरप्रमुख राईले बताउनुभयो । एघार वडा रहेको उक्त नगरपालिकामा गत वैशाख ३१ गतेसम्मा ४८ लाख ३९ हजार ५०० खर्च भइसकेको जनाइएको छ । क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, औषधि, आरडिटी र पिसीआर किटलगायतका स्वास्थ्य सामग्री खरिद र काठमाडौँमा रहेका नागरिकको उद्धारमा उक्त खर्च भएको नगरप्रमुख राईले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको कारण राजधानी काठमाडौँमा अलपत्र परेका नगरवासीका लागि नगरपालिकाले गत वैशाख १२ र १३ गते २५ वटा रिजर्भ गाडी काठमाडौँ पठाएर एक हजार ३१८ जना उद्धार गरेर ल्याएको थियो ।

नगरपालिकाले गत वैशाख १२ गते काठमाडौँको पेप्सीकोलाबाट उद्धार गरेर ल्याएको वडा नं ७ महादेविस्थानका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । बा४ख २२११ नम्बरको बसमार्फत गाउँ ल्याइएका सङ्क्रमित युवकसहित ३८ जना सो नगरपालिका भित्रिएका वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । युवकमा कोरोना सङ्क्रमण देखिएपछि उनको परिवारसहित ४३ जनाको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेटेटिभ आएको जनाइएको छ । सङ्क्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिको स्वाब सङ्कलन गरेर विराटनगरमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२१ जेष्ठ २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२१ जेष्ठ २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२१ जेष्ठ २०७७, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२१ जेष्ठ २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२१ जेष्ठ २०७७, बुधबार
सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव
BannerNews

सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव

२१ जेष्ठ २०७७, बुधबार
Next Post

'अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा'

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी