मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको एक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न खोजदा स्थानीय द्वारा अवरुद्धको अवस्था सृजना भएको छ। नरहा गाउँपालिका-२ पानवारीमा श्री शरण माध्यमिक विद्यालय व्यवस्थापन समितिको लागि अभिबावक भेला गरि समिति गठन गर्न खोज्दा स्थानीयहरुले अबरोध गरेका छन ।
शुक्रबार निमित्त प्र.अ.सरस्वती साहले अभिबावक भेलाको लागि बोलाएको बैठकमा स्थानीयहरुले बिरोध जनाएका छन । उनिहरुले नयाँ प्रधानाध्यापक नियुक्त गरि बिधालय व्यवस्थापन समिति बनाउन खोजेको आरोप लगाउदै, गाउँपालिका अध्यक्ष राम प्रमोद यादब विरुद्ध एकतर्फी निर्णय गरेको भन्दै स्थानीय अभिभावकहरुले विद्यालय ब्यवस्थापन समिति गठन गर्न रोक लगाए ।
गाउँपालिका अध्यक्ष यादबले,उनिहरु केही ब्यक्तिको राजनिति स्वार्थ परिपुर्ती गर्न उक्साहटमा विद्यालय ब्यवस्थापन समितिको लागि बोलाइएको भेलामा अबरोध गराएको आरोप लगाए ।
उनले,”विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र व्यवस्थापनलाई चुस्त बनाउन तत्काल काजमै भएपनि पालिकाका शिक्षकहरु राखी बिद्यार्थीहरु पढाईबाट बन्चित न होस उद्देश्यले काम गर्न खोज्दा अबरोध उत्पन्न गराएको बताए । याहा समिति नहुँदा विद्यालयमा खाजा कार्यक्रम पनि प्रभावित भएको बताए ।
अध्यक्ष यादबले भने हामी शान्ति सुरक्षा उद्देश्यले हामी प्रहरीको सहयोग लिएका
थिए । तर केही व्यक्तिले हामिलाई बदनाम गर्ने सोचले सामाजिक संजालमा नानाथरीका कुरा काटेको देख्दा उनले त्यसमा केही सत्यता नरहेको बताए ।
यस्तो विवादले विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ। नियमित कक्षाहरू अवरुद्ध भएका छन् भने अभिभावक र विद्यार्थीहरू अन्योलमा परेका छन्।