मुकेश कुमार यादव बरियारपट्टी । ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिष्णुपुरको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा सिरहा बजारको माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडि युवकलाई पक्राउ गर्न प्रहरीले सफल भएको छ ।बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मिपुर बस्ने महेन्द्र महतोको छोरा अन्दाजी वर्ष ३५ को सुरेश कुमार महतोको पाईन्टको दाहिने खल्तिमा ब्राउन सुगर जस्तो देखिने पदार्थको प्लाष्टिक सहित १०३.१९० ग्राम ब्राउन सुगर पकाउ गरेको छ ।निजले प्रयोग गरेको प्रदेश २-०१-००१ प ४८६ नम्बरको मोटरसाईकल प्रहरीले पकाउ गरेको छ ।
सम्मानित सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कर्यालय सिरहाको प्रबक्ता डिएसपी बिरेन्द्र कुमार पासवान जानकारी दिए ।