1. मुकेश कुमार यादव बरियारपट्टी ।नेपाल र भारमा लुटको आतंक मच्चाउने कुख्यात अपराधी   सूचिमा रहेका भारतीय लुटेरा आरिफ खानलाई सिरहा प्रहरीले पक्राउ गर्न सफल भएको छ । सिरहाका डिएसपी वीरेन्द्र पासवानको कमाण्डमा गएको प्रहरीले लुटेरा आरिफ खान भन्ने आरिफ हुसेनलाई पक्राउ गर्न सफल भएको हो ।

नेपालको विभिन्न जिल्लामा लुटपाट, डकैती तथा संगठित अपराध मुद्दामा फरार रहेका भारतका आरिफ हुसेनलाई सिरहा प्रहरीले नेपाल भारत बोर्डरको दशगजा क्षेत्रबाटै पक्राउ गरेको हो । उनलाई आईतबार बिहान ४ः०० बजेको समयमा पक्राउ गर्न सफल भएको हो ।

आरिफ घाईते अवस्थामा भागी नेपाल तर्फ आई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट डिएसपी बिरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नम्बर १७ माडर स्थित नेपाल भारतको दसगजा क्षेत्र नजिकबाट पक्राउ गरिएको हो ।

हुसेनको हात, खुट्टा लगायत शरीरको बिभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाई उपचार पश्चात डिस्चार्ज भई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई सोधपुछ पश्चात आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चया पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आरिफ हुसेनमाथि गत बर्षको जेठ १६ गते महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित रहेको एनएमबि बैंकमा ३८ लाख रुपैयाँ नगद रुपैया र बैंकको कर्मचारीको मोवाईल समेत तुटी डाँका गरी फरार भएको, सिरहाको मिर्चैयास्थित ग्लोबल आईएमई बैँकको ९ लाख रुपैयाँ लुटपाट गरेको र भारत विहारको मधुवनी जिल्लामा हातहतिमार, लुटपाट लगायत मुद्दा उनको नाममा दर्ता रहेको तथा आरिफलाई पक्राउ गर्नेलाई २५ हजार रुपैयाँको इनाम समेत राखिएको पाईएको छ ।

सिरहाका डिएसपी पासवानले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो ।

सम्वन्धित समाचार :