मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको सुखिपुरमा राति १० बजे आगलागी हुदा तीन वटा पसलको समान जलेर नष्ट भएको छ ।
सुखिपुर नगरपालिका वडा नम्बर ३ सलमपुर स्थीत सुलिन्दर दासको पक्की एक तल्ले घरमा यसै वडाको भरत साहले भाडा रहेको किराना पसलमा प्रिमा ग्यास डिलर सन्चालन गरी रहेको उक्त प्रिमा ग्यास डिलर भित्र ग्यास लिकेज भएर अचानक आगलागि हुदा ६ थान ग्यास बिष्फोट भएको छ । सोही घरको अर्को सटरमा यसै वडा नम्बर ३ बस्ने अनिल कुमार दासको किराना पसलमा समेत आगलागि हुदा किराना पसलमा रहेको समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी विरेन्द्र पासमान जानकारी दिए ।प्रहरीको टिपोट अनुसार आगजनी बाट जलेर नष्ट भएको समान
१) डिलरमा रहेको ६ थान ग्यास अं.मु.रु.२४,००० ( चौबिस हजार ) ।
२) किराना पसलमा रहेको, चिनि १०० केजी अं.मु.रु. ८,००० ( आठ हजार),।
३) खाने सुर्य मुखि तेल १० काटुन अं.मु.रु.२४,००० ( चौबिस हजार ) ।
४) ग्यास चुलो १० थान अं.मु.रु. २०,००० ( बिस हजार) ।
५) डिओपि मल २० बोरा अ.मु.रु. ४५,००० पैतालिस हजार) ।
६) टेष्टी बिष्कुट १० काटुन अं.मु.रु. ८००० ( आठ हजार) ।
७) चाउचाउ २५ काटुन १०,००० ( दश हजार) ।
८) नुन १० बोरा अं. मु.रु. १२,०००( बाह्र हजार) ।
९) गँहु २० बोरा अं.मु.रु. ७०,०००( सतरी हजार) ।
१०) कृषी पोटस २० बोरा अं. मु.रु. ४०,००० चालिस हजार) ।
११) जाईकिङ्ग पाउडर २०० केजी अं. मु.रु. १६,००० ( सोह्र हजार) ।
१२) NTC र ncell को रिचार्ज कार्ड २,००००० ( दुई लाख) ।
नगद रु. ५०,००० ( पचास हजार) गरी जम्मा ५,२७,००० ( पाँच लाख सताई हजार ) हजार बराबरको क्षती भएको ।
२) साथै सोही घरको अर्को सटरमा ऐ ३ बस्ने अनिल कुमार दासको किराना पसलमा समेत आगलागि हुदा किराना पसलमा रहेको चामल ९ कुईटल अं.मु.रु. ६३,०००।
१) गँहु ३ कुईटल अं.मु.रु. २१,०००।
२) NTC NCELL को रिचार्ज कार्ड ५३,००० ।
३) नगद रु. ५१,००० ।
४) तेल एक काटुन २५,०० ।
५) चुरा एक बोरा, बिष्कुट दुई काटुन, चक्लेट दुई काटुन, भुजिया, दाल गरी अं.मु.रु. ७०,००० गरी जम्मा २,८३,००० बराबरको क्षरी भएको ।

सम्वन्धित समाचार :