मुकेश कुमार यादव बरियारपट्टी ।सिरहामा बेलुका  सवारी दुर्घटना हुदा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको छ । सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १० जिरोमाईल  स्थित पुर्व पश्चिम लोकमार्गमा सबारी  दुर्घटना हुदा एक गाडीमा गाँजा फेला परेको छ । बिराटनगरबाट रौतहट तर्फ जादै गरेको ना३ख७५९१ नम्बरको   ट्रक र कोरोना बजारबाट जिरोमाईल तर्फ आउदै गरेको बा८च९९६३ नम्बरको  सेतो कारले बाटो क्रस गर्ने क्रममा ट्रकमा ठक्कर  दिई कार चालक फरार भएको  छ ।

 कार भित्र प्लास्टिकको बोरामा लागूऔषध  (गाँजा )५ बोरा (तोल गर्दा १३० के.जि. बोरा सहित)   बरामद भएको छ ।  ट्रक चालक जिल्ला रौतहट चन्द्रपुर वडा नम्बर १० बालचनपुर टोल बस्ने अन्दाजी वर्षको३१ को सुनिल चौधरीलाई नियन्त्रणमा लिई गाँजा,ट्रक र ट्रक चालकलाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय  लहान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी बिरेन्द्र पासमानले जानकारी  दिए । कार ल्याउने पहल भईरहेको, मानबिय क्षेती नभएको  पासमान वताए ।

कार चालकको खोजतलास भइरहेको प्रहरीले बताए ।

सम्वन्धित समाचार :