मुकेश कुमार यादव बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट नरहा गाउँ पालिका वडा नम्बर ४ का सशस्त्र प्रहरीमा कार्यरत सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको सशस्त्र प्रहरी बलको एसपी नरेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको छ ।
भारतको विहारमा मदिरा प्रतिबन्ध छ । त्यसैले मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट मदिरा बिहार तस्करी हुन्छ । नम्बर नखुले पनि गाडी मदिरा तस्करी गर्ने नै रहेको स्थानीयको दाबी छ ।
तीव्र गतिमा आएके गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको एसपी भण्डारी जनाएको छ । यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।
सिरहाको लगि यो नौलो घटना पनि हैन स्थानीयहरु बताउछन् ।यो घटना भन्दा पहिला सशस्त्र प्रहरी बल इटाटाका असयलाई मदिरा बोकेको गाडी ठक्कर दिदा खुट्टा भाच दिएको थियो ।