मुकेश कुमार यादव बरियारपट्टी।सिरहाको चौहर्वा सडक खण्डमा मोटरसाइकल ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सिरहाबाट चौहर्वा तर्फ जादै गरेको प्र२-०१-००२ प ७०५५ नम्बरको मोटरसाइकलले पैदल यात्री नरहा गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ६५ को हरी यादवलाई ठक्कर दिदा उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी बिरेन्द्र कुमार पासमानले जानकारी दिए ।
मोटरसाइकल चालक सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ बस्ने सहदेव शर्माको छोरा अन्दाजी वर्ष ३० को श्याम शर्मा र सोही मोटरसाइकल पछाडि सवार मिर्चैया नगरपालिका ११ बस्ने राम अवतार मुखियाको छोरा अन्दाजी वर्ष १९ को कृष्ण मुखियाको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर दुबै जना गम्भिर घाईते भएको छ ।
दुबै गम्भीर घाइतेको स्थानीय लाईफ लाईन अस्पतालमा सामान्य उपचार पश्चात मोटरसाइकल चालक श्याम शर्मालाई थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगरको लागि रेफर गरेको डिएसपी पासमानले बताए ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन ।शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहाको शव गृहमा राखिएको छ ।

सम्वन्धित समाचार :