मुकेश कुमार यादव बरियारपट्टी—हुलाकी  राजमार्गमा सिरहाको नबराजपुर  गाउँपालिका वडा नम्बर ४मा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भगबानपुरबाट  सिरहा जाने हुलाकी रोडमा रोकीराखेको ना ३ ख ४६८४ नम्बरको  ट्रकमा  सोही दिशाबाट आइरहेको मधेश प्रदेश ०१-००४ प ५९६९नम्बरका मोटरसाइकलले पछाडिबाट  ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मोटरसाइकल चालक सिरहा नगरपालिका  वडा नम्बर २२ हकपाराटोल बस्ने अन्दाजी  वर्ष ५० को महेश यादव उपचारको क्रममा  प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको छ भन्नै  निजकै श्रीमति अन्दाजी  बर्ष ४५ की सबिता देवी यादव गम्भिर घाइते भएको प्रहरीले बताए  ।लाशको पोस्टमार्टमकको लागि प्रादेशिक अस्पतालका शव गृहमा राखिएको र फरार ट्रक चालकको खोजतलास भईरहरको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवान बताए ।

सम्वन्धित समाचार :