Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

दैलेखमा संक्रमित बढ्दैः रोकथाममा अन्योल

न्युजडेस्क न्युजडेस्क
२१ जेष्ठ २०७७, बुधबार
14
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

दुल्लु : कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६आँैं दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।

मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको छ । एक जना संक्रमितको मृत्यु पनि भएको छ । संक्रमण र संक्रमित दिनहुँ बढिरहँदा पनि रोकथाम गर्न कुनै ठोस कदम चालिएको छैन । संक्रमित फेला नपर्दै तयार गरिएका निश्चित आइसोलेशन र लकडाउनको कार्यतालिकामा फेरबदल गरिएको छैन । सदरमुकाममा समय तालिका निर्धारण गरी बजार खुला गरिएको छ भने गाउँका अधिकांश पसल खुलै छन् ।

जिल्लाका प्रत्येक विद्यालयलाई क्वारेन्टिन बनाइए पनि ती न मापदण्ड अनुसारका छन् न त नियमको पालना नै गरेका छन् । कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदै जाँदा पनि रोकथामका उपाय अवलम्बन नगरिँदा जिल्ला नै कोरोनाको उर्वरभूमि हुन लागेको नेपाल बार एशोसियशन दैलेखका अध्यक्ष माधव अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘संक्रमितको संख्या दिनहुँ बढेर सयौंँ पुग्दा पनि यसरी लापरबाही गर्नु सबै जिल्लाबासीलाई कोरोना संक्रमित गराउने मेसो हो, पहिलेकै जस्तै लकडाउन खुकुलो गरिनु र उपचारको व्यवस्थापन नगर्नुले झन् जटिल बन्दै गएको छ ।’’

सदरमुकाममा लकडाउन कडाइ नगर्दा क्वारेन्टिनमा आफन्त भेटघाट गर्न घुइँचो लाग्ने गरेको र मापदण्ड विपरीत सामाजिक दूरी कायम नगरी आवाश्यकभन्दा धेरै जनालाई राख्दा क्वारेन्टिन नै कोरोना फैलिने थलो हुन सक्ने दैलेखका पत्रकार गोविन्द केसी बताउनुहुन्छ । सबैले नियम पालना गरी सावधानी अपनाएमा बढ्दै गएको कोरोना न्यूनीकरण गर्न सकिने जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताउनुभयो । जिल्लामा जम्मा ३४ आइसोलेशन कक्ष छन् । डा. पन्तले भन्नुभयो, ‘‘ क्वारेन्टिनलाई नै आइसोलेशनमा परिणत गरी बिरामीको उपचार गरिने योजना छ, यो नगरी अरु उपाय नभएकाले गलत बुझाइ नगरे सहजै उपचार गर्न सकिने छ ।” जिल्लामा कोरोना संक्रमणको संख्या बढेर गएको हुँदा लकडाउन कडा बनाइने र जिल्ला नै बन्द गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा ५ हजार ४४३ भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा छन् । भारतबाट जिल्लामा ४१ हजारभन्दा बढी फर्किन सक्ने अनुमान गरिएको छ ।

संक्रमितको संख्या सय पुग्न लाग्दा पनि उपचारका लागि जिल्लामा जम्मा ३४ आइसोलेशन मात्र छन् । भारतबाट फर्केका करीब छ हजार क्वारेन्टाइनमा बसेकामध्ये एक हजार सात सय जनाको मात्र परीक्षण गरिएको छ । परीक्षणका लागि पर्याप्त किट नहुँदा कोरोना पोजेटिभ भएका र अन्य सँगै बस्न बाध्य भएको प्रजिअ कट्टेलको भनाइ छ । तीन दिनसम्म पनि पुष्टि भएकालाई नारायण क्याम्पसको क्वारेन्टिनबाट अलग नगर्दा अन्य व्यक्ति निकै त्रासमा रहेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ । नारायण क्याम्पसको कोठामा राखिएकामध्ये करीब ५० व्यक्ति ढोका फोडेर प्राङ्गण बाहिर निस्केका थिए ।

उनीहरू भागेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको थप टोली पुगेर नियन्त्रणमा लिएको थियो । प्रहरीले भागेकाहरुलाई पुन क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि कोरोना पुष्टि भएका १७ जनालाई भने सोमबार साँझ आइसोलेशनमा लगिएको छ । रोकथाममा जनप्रतनिधि कर्णाली प्रदेशसभामा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने अम्मरबहादुर थापा र सुशील थापाले आइसोलेशन वार्डसहितको अस्पताल निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

सदस्य अम्मरबहादुरले क्षेत्र नं.१ को दैलेख सदरमुकाम र सुशीलले क्षेत्र नं २ को दुल्लुमा अस्पताल निर्माण गर्ने तयारी गर्नुभएको हो । प्रदेश सांसद विकास कोष ( क्षेत्र विकास पूर्वाधार कोष) अन्तर्गत दुवै जनाबाट रु ७०÷७० लाख विनियोजन गरी अस्पताल निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले एक हप्ताभित्र पिसिआर मेशिन जडान गरिने आश्वासन दिनुभएको छ ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२१ जेष्ठ २०७७, बुधबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२१ जेष्ठ २०७७, बुधबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२१ जेष्ठ २०७७, बुधबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२१ जेष्ठ २०७७, बुधबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२१ जेष्ठ २०७७, बुधबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

२१ जेष्ठ २०७७, बुधबार
Next Post

घुस लिएको अभियोगमा दुई पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी