मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ जिझौलमा लक्ष्ण सिंह सहकारी संस्थाले द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बरियारपट्टी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि संतोष कुमार महतोले भने विकासको बाधक भएपछि समाज पछि पर्छ भन्ने जिकिर गरे ।
जब राजनीतिक कर्मि,युवा ,कर्मचारीले विकासको काममा हातोमालो गर्दैन तबसम्म म एकलै विकासका काम गर्न समस्या हुन्छ ।वडा नम्बर ५ मा पटकपटक बजेट दिए तर यहाँको समाजले उपभोक्ता र ठेक्कादारलाई काम गर्न दिएन ।यसको उदाहरण हो यहाँको विद्यालय ।राजनीति घिचातानिको कारण १२ वर्ष देखि उच्च माध्यमिक तहमा शिक्षक नियुक्ति गर्न सकेको छैन ।७९ सालमा १ करोड ५० लाख बजेट ठेक्का प्रक्रिया बाट दिए तर काम गर्न दिएन ।जिझौल गाउँमा तीन पटक ५० लाख बजेट दिए तर काम गर्न दिएन ।
बिष्ट अतिथि बैंककर संघको अध्यक्ष रामबहादुर यादवले भने पैसा भन्दा महगो इमानदारीता हो ।सहकारी संस्था राम्रो बनाउन सहकार्य गरि संरचना बनाउदा मात्र राम्रो सहकारी बन्न सकिन्छ ।गाउँ घरमा सहकारी खोलेर बैंक चलाउन थाले त्यो सहकारीमा समस्या छ ।त्यस्तो सहकारीको प्रमुखले निजि काममा सहकारीको पैसा लगानी गरिदिन्छ ।
कार्यक्रमको अध्यक्ष तथा लक्ष्ण सिंह सहकारीको अध्यक्ष अजयकुमार यादवले भने यहाँ ठुलो नेताले सबैभन्दा बढी सार्वजनिक जग्गा(ऐलानी जग्गा खनजोत) प्रयोग गरेको छर त्यहीँ नेताले विकास गर्न दिदैन ।यहाँको नेताहरुले विद्यालयमा समिति बन्न दिएन।वडा नम्बर ५ कर्मचारी पनि अन्य वडा भन्दा बढी छ तर विकासमा पछि छ।
शुभकामना आदानप्रदान कार्यक्रममा पेसागत महा संघको जिल्ला अध्यक्ष कृष्णदेव यादव ,सुखिपुर उद्योग व्यापार समितिको अध्यक्ष सुरज यादव ,सुखिपुर उद्योग व्यापार समितिको सचिव संजय यादव,पत्रकार ,कलाकार ,युवा ,स्थानीयको उपस्थिति थियो ।