मुकेश कुमार यादव बरियारपट्टी।
सिरहाको औरही गाउँपालिका वडा नम्बर १ मा श्री जनता माध्यमिक विद्यालय भु पु विद्यार्थी मञ्च द्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताकार्यक्रममा औरहीगाउँ पालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि शिवजी यादवले भने शिक्षा मानव विकासको आधार हो ।शिक्षाको चेतनाले नै मानिस ढुंगे युगदेखि आजको मिसाइल युगसम्मको मानव सभ्यता विकसित हुँदै आएको छ। शिक्षाको चेतनाको चमत्कारिक कार्यदक्षताका कारणबाट नै चन्द्रलोक र मंगललोकको यात्रासमेत गर्न सफल भएका छन् । यसैगरी इन्टरनेट नयाँ प्रविधिका रूपमा देखापरेको छ।
मोबाइल र इन्टरनेट मानिसको जीवनमा अभिन्न अंग बनिसकेको छ । विद्यालय जाने उमेरका बालबालिकासमेत फेसबुक र मोबाइल वा कम्प्युटर गेम खेल्न सहजै सक्छन् । आज मानिसले डिजिटल प्रविधि र इन्टरनेटको माध्यमले विश्व ब्रह्माण्डकै सूचना प्राप्त गर्न सक्छ । मानिसमा शिक्षासँगै बुद्धि र जुक्तिको पनि विकास हुँदै आएको हो । यसैले शिक्षालाई मानव विकासको प्रमुख आधार मान्नुपर्छ।
उपाध्यक्ष तथा बिष्ट अतिथि रेनु कुमारी यादवले नेपालको पनि शिक्षाको संस्थागत विकास हुनुपूर्व प्राचीन समयमा शिक्षा धर्ममा आधारित परम्परागत शिक्षा व्यवस्था थियो । धार्मिक शिक्षाअन्तर्गत गुरुकूल, गुम्बा, बिहार, मठमन्दिर आदि शिक्षाका केन्द्र थिए।शिक्षाको राष्ट्रिय नीति निर्माण गर्दा जनप्रतिनिधिहरू, समुदायका अगुवा, अभिभावक, शिक्षाविद् शिक्षक, गैरसरकारी संस्था तथा नागरिक समाजलाई समेत सहभागी गराई छलफल गरी लोकतान्त्रिक ढंगले प्रक्रिया अवलम्बन गराइनुपर्छ । किनकि शिक्षा चानचुन आँक्ने विषय हैन, यो मानव विकासको आधार नै हो भन्नेमा दुई मत छैन।

भु.पु.विद्यार्थी मञ्च दरहिया द्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा १८ सहभागी विद्यालय मध्ये जनता माध्यमिक विद्यालय देउरिपटि शिवनगर प्रथम भएको छ । जनता माध्यमिक विद्यालय सन्हैठा दोस्रो र माध्यमिक विद्यालय कृष्णपुर तेस्रो भएको आयोजकले जानकारी दिए।
श्री जन्ता माध्यमिक प्रविधिक धार(इलोक्ट्रिकल) विद्यालय हातामा भएको जिल्ला स्तरीय कार्यक्रममा शिक्षक, विद्यार्थी,अभिभावक,पत्रकार ,प्रहरी स्थानीयको सहभागी थियोे ।

सम्वन्धित समाचार :