मुकेश कुमार यादव बरियारपट्टी।आज बिहान बरियारपट्टीमा आलुको समेत राजस्व काटन भन्सार कर्मचारीलाई आग्रह गरेर एसपी रमेश पण्डित। मातहतको प्रहरी कर्मचारीलाई तस्करी रोक्न निर्देशन समेत गरे ।जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडित र इलाका प्रहरी कार्यालय औरहीको इन्चार्ज राकेश साह,इलाका प्रहरी कार्यालय बरियारपट्टीको इन्चार्ज प्रदिप सिंह लगायतको प्रहरीले बिहान ६ बजे बरियारपट्टी बजार वाट भन्सार कार्यालय हुदै दशगजा सम्म पुगे।दशगजा वाट आउने क्रममा भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरीेले आलु वलाहरुलाई रोकेर राखेको थियो त्यतिबेला ने राजस्व तिरे पछि पठाउन भन्सार कर्मचारीलाई आग्रह गरेको थियो ।एसपी पण्डितले भन्सार कर्मचारी लाई सोधे यहाँ के के समानको राजस्व उठाएको हो ।भन्सारको कर्मचारी गोपाल मेहताले भने किसान ,आलु,प्याज लगायत समानको राजस्व काटेको जवाफ दिए ।
स्थानीय रामकुमार यादवले भने किसान आलु आफ्नो खेतमा रोप्न ल्याउ नदिनु र राति तस्करी हुन्छ त्यो चाहिँ नरोकिनु हात्तीको दात जस्तो निर्देश हो जस्तो मलाई लाग्छ ।औरहीको सुभाष कुमार यादवले भने किसानलाई समान ल्याउ रोकिनु र व्यापारहरु सेटिङ मिलाए तस्करी गर्नु यो देशको लागि दुर्भाग्यको कुरा हो ।लागूऔषध सेवन गर्न दिनप्रतिदिन युवाहरुको संख्या बढिरहेको छ त्यहाँ कसैको ध्यान जादै न तर किसानले भारत सरसमान ल्याउदा सबै ध्यानाकर्षण हुनु गजबको कुरा हो ।
एक सय भन्दा बढीको समान विदेश बाट ल्याउदा राजस्व तिर्नुपर्ने प्रावधान रहेको छ ।
माडर देखि बरियारपट्टी र बरियारपट्टी देखि भगवानपुरको बिचमा छोटी भन्सार छैन त्यहाँ बाट दिनदहाडै तस्करी हुन्छ जहा कुनै सरोकारवाला बोलदैन बबिता यादवले भने ।
© 2024: Sima Post | All right reserved | Privacy Policy