मुकेश कुमार यादव बरियारपट्टी ।नेपालीहरुले तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान किन्दा एक सय भारुको लागि रु १६६ नेपाली तिर्दै आएका छन् ।
भारती बजारको नजिकमा सटही काउन्टर नहुदा नेपाली ग्राहकसँग भारतीय रुपैयाँ हुदैन यस कारण भारतीय बजारमा मालवस्तु खरीद गर्दा १ सय रुपैयाँको समान किन्दा थप ६ रुपैयाँ बट्टा ९कमिशन० तिर्नुपरेको बरियारपट्टी गाउँपालिका–३ की ग्राहक रन्जु यादवले बताए ।
सिरहासँग सीमा जोडिएको भारतीय बजार जयनगर,लदनिया,पिपराही,ल्लमनिया,लोकहाका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको समान किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा ९कमिशन० लिएर मालवस्तु दिने गरेको नवराजपुर गाउँ पालिका–४का ग्राहक राजु यादवले बताए । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु १६६ र बढीमा १६८ सम्म बट्टा लिने गरेको बताए ।
सिरहा –वडा नम्बर ११का रामएकवाल कामति जयनगर बजारमा कपडा र खाद्यवस्तु किनमेल गर्न गएको थियो त्यहाँका व्यापारीले नेपाली रु १ हजारको सरदर भारु ६०० मात्र दिए जहा भारती रुपैयाँ ६२५ हुनुपर्छ र ६०० मै कारोबार नगरे सामान बेच्न नमानेपछि त्यत्तिमै कारोबार गरेर आएको बताए ।
त्यस्तै सुखिपुर नगरपालिका –७ बाट लदनिया बजारमा सामान किन्न गएका सन्तोष कुमार चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु ६०० मा कारोबार गरेको बताए । लक्ष्मीपुर पतारी गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरीद गर्न ल्लमनिया बजार पुगेका स्थानीय रामनाथ यादव र शिवशङ्कर यादवले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु १६६ तिर्नुपरेको बताए ।
त्यसैगरी पिपराही बजारमा गएका नवराजपुर गाउँ पालिका वडा नम्बर –२ का सुरेश यादवले पनि त्यत्तिमै कारोबार गरेको बताए । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु १६६ लिएका छन् भने यसका अलावा सिरहाको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु १६६ लिने गरेका छन् ।
बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु ६ सम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार भारती रुपैयाँ ६०० दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु सात–आठसम्म पनि बट्टा ९कमिशन० लिने गरेको एक ठूला व्यापारीले बताएका छन् ।
यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।