
मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको सुखिपुर उद्योग व्यापार समितिका निर्वाचनमा अध्यक्षसहित सुर्य नारायण यादव (सुरज ) प्यानल विजय भएको छ।
पाँचौ औं कार्यकालको लागि शान्तिपूर्ण धाँधलीरहित वातावरणमा भएको निर्वाचनमा पूर्व अध्यक्ष सत्रुधन प्रसाद चौधरी समर्थनमा सुर्य नारायण यादव( सुरज ) प्यानलले निकटतम् प्रतिद्वन्द्वी बिजय गुप्तालाई १सय ७४ मतको अन्तरले ४ सय ६४ मतसहित विजयी भएको प्रमुख निर्वाचन अधिकृत उध्दब हमालले जानकारी दिए ।
घोषित मत परिणाम अनुसार सुर्य नारायण यादव (सुरज) समूहबाट प्रथम उपाध्यक्ष राकेश कुमार पुर्वे६७३,द्वितीय उपाध्यक्ष रमेशकुमार महतो ६५६,महासचिव दिनेश कुमार यादव ६१०,सचिव संजय कुमार यादव ६३५,कोषाध्यक्ष रोशन कुमार साह६८७,खुल्ला सदस्य कपिल देव यादव ६०९,संजय चौधरी ६१२,प्रमोद कुमार साह६१६,राकेश यादव ६१९,लोकेन्द्र प्रसाद महतो६२२,महिला सदस्य शिवकुमार देवी साह६३३,दलित महिला सदस्य नैन कुमारी पासमान ६४४ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सुखिपुर उद्योग व्यापार समितिको तीन वर्षे कार्यकालका लागि छ,पदाधिकारीसहित ७ सदस्यीय कार्यसमितिको निर्वाचनमा कुल १३सय २५ मतदातामध्ये (८८ प्रतिशत )११ सय ६७ मत खसेको थियो। अध्यक्ष सुरज यादव निर्वाचित भएपछि पत्रकारहरु संग भने मेरो कार्यकालमा व्यापारको कुनै पनि समस्या परेपछि हाम्रो टिम व्यापारी साथ चौबीसै घन्टा सहयोग गर्ने प्रतिबद्धता गरे ।सचिव संजय यादवले भने हाम्रै कार्यकालमा बरियारपट्टी बजारमा जग्गा खरिद गरि बजार समितिको भवन बनाउने पत्रकारहरु संग प्रतिबद्धता गरे । जानकारहरु भन्छ अहिले चुनावी प्रक्रिया खर्चिलो भएको छ।सुखिपुर उद्योग व्यापार समितिको चुनावमा जम्मा मतदाता संख्या १३२५ थियो जहा दुई पक्ष मिलाई १ मतमा ४ हजारको हाराहारी खर्च भएको जानकारहरु बताउँछ ।सुखिपुर उद्योग व्यापार समितिम चयन सहमतिमै भएको भए कति उन्नति प्रगति हुन्थ्यो ।